-
प्रस्थान १६:१२-१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ “मैले इस्राएलीहरूको गनगन सुनेको छु।+ तिनीहरूलाई भन, ‘तिमीहरूले साँझ* मासु र बिहानचाहिँ अघाउन्जेल अरू खानेकुरा खानेछौ।+ तब तिमीहरूले म नै तिमीहरूका परमेश्वर यहोवा हुँ भनेर थाह पाउनेछौ।’”+
१३ त्यो साँझ बट्टाई चराहरू आएर पूरै छाउनी ढाके+ अनि बिहान भने छाउनीको चारैतिर शीत पऱ्यो। १४ शीत सुकेपछि चिनीजस्तै मसिनो सेतो दाना निर्जनभूमिभरि देखियो।+ १५ यो देखेपछि इस्राएलीहरूले एकअर्कालाई यसो भन्न थाले: “यो के हो?” किनभने तिनीहरूलाई त्यो के हो भनेर थाह थिएन। तब मोसाले भने: “यो यहोवा परमेश्वरले तिमीहरूलाई दिनुभएको खानेकुरा हो।+
-