प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १५:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ “यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्नुभएको देशको कुनै सहरमा यदि तिमीहरूका दाजुभाइमध्ये कोही गरिब भयो भने तिमीहरू ऊप्रति निष्ठुर नहुनू र उसलाई मदत गर्न कन्जुस्याइँ नगर्नू।+ ८ बरु खुला मनले उसलाई मदत गर्नू;+ उसलाई जे-जे कुराको खाँचो छ, ती सबै सापटी दिनू।

  • भजन ४१:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४१ आनन्दित हो त्यो मानिस, जसले दीनदुःखीहरूको ख्याल राख्छ;+

      यहोवाले उसलाई विपत्तिको दिनमा बचाउनुहुनेछ।

  • हितोपदेश १९:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ गरिबलाई दया देखाउनु यहोवालाई सापटी दिनुजस्तै हो;+

      त्यसको इनाम उहाँले दिनुहुन्छ।+

  • लुका ६:३४, ३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ त्यसैगरि यदि तिमीहरू जसबाट फिर्ता पाउने आशा गर्छौ, तिनीहरूलाई मात्र ऋण* दिन्छौ भने के नै ठूलो काम गरेका हुन्छौ र?+ किनकि पापीहरूले पनि त साँवा फिर्ता पाउनेगरि पापीहरूलाई ऋण दिन्छन्‌। ३५ बरु तिमीहरू आफ्ना शत्रुहरूलाई प्रेम गरिरहो अनि तिनीहरूको भलो गरिरहो अनि केही फिर्ता पाउने आशा नगरी ऋण दिइरहो।+ तब तिमीहरूले ठूलो इनाम पाउनेछौ अनि तिमीहरू सर्वोच्च परमेश्‍वरका छोराहरू हुनेछौ किनकि उहाँ बैगुनी र दुष्टहरूप्रति दयालु हुनुहुन्छ।+

  • प्रेषित २०:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ मैले तपाईँहरूलाई हरतवरले देखाएको छु कि तपाईँहरूले पनि यसरी नै मेहनत गरेर कमजोरहरूलाई मदत गर्नुपर्छ+ अनि ‘लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ’+ भनेर प्रभु येसु आफैले भन्‍नुभएको वचन सधैँ सम्झनुपर्छ।”

  • हिब्रू १३:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ यसबाहेक भलाइ गर्न अनि आफूसित भएको कुरा बाँडचुँड गर्न नबिर्स+ किनकि यस्तै बलिदानहरूसित परमेश्‍वर असाध्यै खुसी हुनुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने