-
व्यवस्था १७:१८-२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ जब तिनले सिंहासनमा बसेर शासन गर्न थाल्छन्, तब तिनले लेवी पुजारीहरूसित भएको व्यवस्थाको पुस्तकमा लेखिएका कुरा सारून् र आफ्नो लागि एउटा पुस्तक* बनाऊन्।+
१९ “तिनले त्यो पुस्तक सधैँ आफूसित राखून् र जीवनभर त्यो पढून्।+ यसो गरेमा तिनले यहोवा आफ्ना परमेश्वरको डर राख्न, उहाँले व्यवस्थामा दिनुभएका सबै आज्ञा मान्न र सबै नीतिनियमअनुसार चल्न सिक्नेछन्।+ २० अनि घमन्डले फुलेर तिनले आफूलाई अरू इस्राएलीहरूभन्दा ठूलो ठान्नेछैनन्; तिनी परमेश्वरको मार्गबाट तर्केर दायाँबायाँ लाग्नेछैनन्। यसरी तिनी र तिनका सन्तानले इस्राएलमा लामो समयसम्म शासन गर्नेछन्।
-