प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १६:६, ७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ उनीहरू आउँदै गर्दा समुएलले एलिआबलाई+ देखे र मनमनै भने: “यहोवा परमेश्‍वरले अभिषेक गर्नुभएको मानिस पक्कै यही हुनुपर्छ।” ७ तर यहोवा परमेश्‍वरले समुएललाई भन्‍नुभयो: “उसको रूपरङ्‌ग र उसको कदमा ध्यान नदेऊ,+ मैले रोजेको मानिस ऊ होइन। परमेश्‍वरले मानिसले झैँ हेर्नुहुन्‍न किनभने मानिसले बाहिरी रूप हेर्छ तर यहोवा परमेश्‍वरले मानिसको हृदय हेर्नुहुन्छ।”+

  • १ इतिहास २८:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ “अनि हे मेरो छोरा सुलेमान, तिम्रो बुबाका परमेश्‍वरलाई राम्ररी चिन अनि आफ्नो पूर्ण हृदयले र राजीखुसीले उहाँको सेवा गर।+ किनकि यहोवा परमेश्‍वर हरेकको हृदय जाँच्नुहुन्छ+ अनि मानिसको हरेक सोचाइ र मनोवृत्ति बुझ्नुहुन्छ।+ तिमीले उहाँको खोजी गऱ्‍यौ भने उहाँलाई भेट्टाउनेछौ+ तर उहाँलाई त्याग्यौ भने उहाँले पनि तिमीलाई सधैँको लागि त्याग्नुहुनेछ।+

  • भजन १७:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ तपाईँले मेरो हृदय जाँच्नुभएको छ, तपाईँले राती पनि मलाई जाँच्नुभएको छ;+

      तपाईँले मलाई खार्नुभएको छ;+

      मैले कुनै दाउपेच गरेको छैनँ

      र मेरो मुखबाट दुष्ट कुरा निस्केको छैन भनेर तपाईँले थाह पाउनुहुनेछ।

  • भजन १३९:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ हे परमेश्‍वर, मलाई राम्ररी जाँच्नुहोस्‌ र मेरो हृदयलाई जान्‍नुहोस्‌।+

      मलाई पारख गरेर हेर्नुहोस्‌ र मेरो मनको चिन्ता* थाह पाउनुहोस्‌।+

  • यर्मिया २०:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ तर हे सेनाहरूका यहोवा, धर्मी मानिसलाई तपाईँ जाँच्नुहुन्छ;

      तपाईँ मानिसको भित्री विचार* र हृदयसमेत नियाल्न सक्नुहुन्छ।+

      तपाईँले मेरा शत्रुहरूसित बदला लिनुभएको मैले हेर्न पाऊँ+

      किनकि मैले आफ्नो मामिला तपाईँसामु पेस गरेको छु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने