-
प्रस्थान ३०:३४-३६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ त्यसपछि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “तिमीले यी मसलाहरू बराबर मात्रामा ल्याउनू:+ गुँद, नखी, हिङ अनि शुद्ध सेतो धूप।* ३५ यी सबै मिसाएर धूप तयार पार्नू।+ सबै मसला ठीक-ठीक मात्रामा मिसाउनू अनि त्यसमा नुन पनि हाल्नू।+ यो धूप शुद्ध र पवित्र होस्। ३६ यसबाट अलिकति धूप लिनू र त्यसलाई कुटेर मसिनो धुलो पार्नू अनि यो मसिनो धुलोबाट अलिकति लिएर त्यसलाई भेट हुने पालमा भएको साक्षीपाटी राखिएको सन्दुकअगाडि राख्नू, जहाँ म तिमीसामु देखा पर्छु। यो मसिनो धुलोलाई तिमीहरूले महापवित्र ठान्नू।
-