-
मत्ति २७:४१-४३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४१ मुख्य पुजारीहरूका साथै शास्त्रीहरू अनि धर्मगुरुहरूले पनि यसो भन्दै उहाँको ठट्टा गरे:+ ४२ “यसले अरूलाई त बचायो तर आफैलाई भने बचाउन सकेन। यो त इस्राएलको राजा हो नि;+ यो अब यातनाको खम्बाबाट* ओर्लेर आओस्, त्यसपछि हामी यसलाई पत्याऔँला। ४३ यसले परमेश्वरमाथि भरोसा राखेको छ, अब चाहनुहुन्छ भने उहाँले नै यसलाई बचाऊन्+ किनकि यसले ‘म परमेश्वरको छोरा हुँ’ भन्थ्यो।”+
-
-
लुका २३:३५, ३६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३५ मानिसहरूको भीड उभिएर हेरिरहेको थियो। तर यहुदी न्यायपरिषद्का सदस्यहरू भने यसो भन्दै उहाँको खिसी गरिरहेका थिए: “यसले अरूलाई त बचायो! यदि यो परमेश्वरले पठाउनुभएको ख्रिष्ट अनि उहाँले चुन्नुभएको जन हो भने आफूलाई पनि बचाओस्।”+ ३६ सिपाहीहरूले समेत उहाँको खिल्ली उडाए। तिनीहरूले उहाँको नजिक गएर अमिलो दाखमद्य* दिँदै+
-