२१ दानिएलले तुरुन्तै राजालाई जवाफ दिए: “महाराज अमर रहून्! २२ मेरा परमेश्वरले आफ्नो स्वर्गदूतलाई पठाएर सिंहहरूको मुख थुनिदिनुभयो।+ त्यसैले सिंहहरूले मलाई केही हानि गरेनन्।+ किनकि म परमेश्वरको नजरमा निर्दोष ठहरिएँ अनि महाराज, मैले हजुरको नोक्सान हुने कुनै काम गरेको छैनँ।”