प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १५:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ त्यसपछि समुएलले भने: “यहोवा परमेश्‍वरलाई कुन कुरा धेरै मन पर्छ—अग्निभेटी र बलिहरू+ चढाएको कि यहोवा परमेश्‍वरको आज्ञा पालन गरेको? हेर्नुहोस्‌! बलि चढाउनुभन्दा आज्ञा पालन गर्नु अनि थुमाको बोसो+ चढाउनुभन्दा उहाँको वचन ध्यान दिएर सुन्‍नु उत्तम हो।+

  • यसैया १:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यहोवा यसो भन्‍नुहुन्छ, “तिमीहरूले चढाएका तीनथुप्रो बलिदान मलाई के काम?+

      तिमीहरूले अग्निभेटीको* रूपमा चढाएका थुमाहरू+ र मोटाघाटा जनावरहरूको बोसोदेखि+ मलाई वाक्कै लागिसक्यो।

      तिमीहरूले चढाएका बहरहरू,+ पाठाहरू र बोकाहरूको+ रगत मलाई फिटिक्कै मन पर्दैन।+

  • यर्मिया ७:२२, २३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ तिमीहरूका पितापुर्खालाई मिश्रबाट ल्याउने बेला मैले तिनीहरूबाट चाहेको कुरा अग्निभेटी वा बलिदान थिएन।+ २३ बरु मैले तिनीहरूलाई यस्तो आज्ञा गरेको थिएँ: “मेरो वचन पालन गर अनि म तिमीहरूका परमेश्‍वर हुनेछु र तिमीहरू मेरा मानिसहरू हुनेछौ।+ मैले देखाएको बाटोमा हिँड अनि तिमीहरूको भलो हुनेछ।”’+

  • होसे ६:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ म बलिदानमा होइन, कृपामा* खुसी हुन्छु,

      अग्निभेटीमा* होइन, परमेश्‍वरको ज्ञानमा खुसी हुन्छु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने