प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ त्यसपछि परमेश्‍वरले भन्‍नुभयो: “पृथ्वीका सबै बिउ लाग्ने बोटबिरुवा र फलमा बिउ हुने किसिम-किसिमका रूख मैले तिमीहरूलाई दिएको छु। ती तिमीहरूका लागि भोजन हुनेछन्‌।+

  • उत्पत्ति ९:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तिमीहरूले सबै किसिमका जीवजन्तु खान सक्छौ।+ मैले तिमीहरूलाई सागपात खान दिएझैँ जीवजन्तु पनि दिन्छु।+

  • भजन १४४:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ हे यहोवा, मानिस के हो र, जसको विषयमा तपाईँ सोच्नुहुन्छ?

      मरणशील मानिस के हो र, जसमा तपाईँ ध्यान दिनुहुन्छ?+

  • मत्ति ६:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ “यसकारण म तिमीहरूलाई भन्छु: के खाऔँला वा के पिऔँला भनी आफ्नो जीवनको विषयमा वा के लगाऔँला भनी आफ्नो शरीरको विषयमा चिन्ता गर्न छोडिहाल।+ के भोजनभन्दा जीवन र लुगाफाटाभन्दा शरीर महत्त्वपूर्ण होइन?+

  • मत्ति ६:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० यदि परमेश्‍वरले आज देखिने अनि भोलि चुल्होमा फ्याँकिने मैदानका बोटबिरुवालाई त यसरी पहिराउनुहुन्छ भने हे विश्‍वास कमजोर भएकाहरू हो, के उहाँले तिमीहरूलाई झनै पहिराउनुहुन्‍न?

  • युहन्‍ना ३:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ “किनकि परमेश्‍वरले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो+ ताकि ऊमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्‌ तर उसले अनन्त जीवन पाओस्‌।+

  • प्रेषित १४:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ तैपनि भलो हुने काम गरेर उहाँले आफ्नो विषयमा साक्षी दिइरहनुभयो+ अर्थात्‌ उहाँले तपाईँहरूलाई आकाशबाट वर्षा अनि ऋतुअनुसार प्रशस्त बाली दिनुभयो+ र खानेकुराले तृप्त पार्नुभयो अनि आनन्दले तपाईँहरूको हृदय भरिदिनुभयो।”+

  • हिब्रू २:६-८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तर एक जना साक्षीले एक ठाउँमा यसो भनेका छन्‌: “मानिस के हो र, जसलाई तपाईँ सम्झनुहुन्छ वा मानिसका सन्तान के हुन्‌ र, जसको तपाईँ ख्याल राख्नुहुन्छ?+ ७ तपाईँले उसलाई स्वर्गदूतहरूभन्दा केही मात्र कम गरेर बनाउनुभयो; तपाईँले उसलाई गौरव र आदरको मुकुट पहिऱ्‍याउनुभयो अनि आफ्नो हातको रचनामाथि अधिकार दिनुभयो। ८ तपाईँले सबै कुरा उसको पाउमुनि राखिदिनुभयो।”+ परमेश्‍वरले सबै कुरा उहाँको अधीनमा राख्नुभयो,+ परमेश्‍वरले उहाँको अधीनमा नराख्नुभएको कुनै कुरा छैन।+ यद्यपि अहिले सबै कुरा उहाँको अधीनमा भइसकेको हामीले अझै देखेका छैनौँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने