प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लुका १२:२२-२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ अनि उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “यसकारण म तिमीहरूलाई भन्छु: के खाऔँला भनी आफ्नो जीवनको विषयमा वा के लगाऔँला भनी आफ्नो शरीरको विषयमा चिन्ता गर्न छोडिहाल।+ २३ किनकि भोजनभन्दा जीवन र लुगाफाटाभन्दा शरीर महत्त्वपूर्ण हो। २४ कागहरूलाई हेर, तिनीहरू न बिउ छर्छन्‌ न कटनी गर्छन्‌ न त धनसार वा भण्डारमै जम्मा गर्छन्‌ तैपनि परमेश्‍वरले तिनीहरूलाई खुवाउनुहुन्छ।+ के तिमीहरू चराहरूभन्दा बहुमूल्य छैनौ?+ २५ तिमीहरूमध्ये कसले पो चिन्ता गरेर आफ्नो आयु एक हात* लम्ब्याउन सक्छौ र? २६ यदि तिमीहरूले यति सानो कुरा त गर्न सक्दैनौ भने बाँकी अरू कुराको किन चिन्ता गर्छौ?+ २७ लिली फूलहरू कसरी बढ्‌छन्‌, विचार गर; तिनीहरू न परिश्रम गर्छन्‌ न त धागो कात्छन्‌। तर म तिमीहरूलाई भन्छु, सारा वैभवले सुसज्जित सुलेमानसमेत यी फूलहरूमध्ये एउटा जति पनि सिँगारिएका थिएनन्‌।+ २८ यदि परमेश्‍वरले आज देखिने अनि भोलि चुल्होमा फ्याँकिने मैदानका बोटबिरुवालाई त यसरी पहिराउनुहुन्छ भने हे विश्‍वास कमजोर भएकाहरू हो, उहाँले तिमीहरूलाई झन्‌ कत्ति धेरै पहिराउनुहुन्छ होला!

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने