-
२ समुएल १२:८-१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ मैले तिमीलाई तिम्रा मालिकको घराना र तिम्रा मालिकका पत्नीहरू दिएँ।+ अनि तिमीलाई सारा इस्राएल र यहुदाको घराना पनि दिएँ।+ तिमीलाई त्यतिले पनि नपुगेको भए म तिमीलाई अझ धेरै थोक दिने थिएँ।+ ९ तर यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरेर तिमीले किन उहाँलाई* तुच्छ सम्झ्यौ? तिमीले हित्ती उरियाहलाई तरबारले माऱ्यौ!+ अनि अम्मोनीहरूको तरबारबाट उसलाई मारेपछि तिमीले उसकी पत्नीलाई आफ्नी पत्नी बनायौ।+ १० हित्ती उरियाहकी पत्नीलाई आफ्नी पत्नी बनाएर तिमीले मलाई तुच्छ सम्झेको हुनाले तिम्रो घरानाले तरबारबाट कहिल्यै विश्राम पाउनेछैन।’+
-