प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल १२:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यसपछि दाउदले नातानलाई भने: “मैले यहोवा परमेश्‍वरको विरुद्धमा पाप गरेँ।”+ नातानले दाउदलाई भने: “यहोवा परमेश्‍वरले तपाईँलाई क्षमा दिनुभएको छ।+ तपाईँ मर्नुहुनेछैन।+

  • २ इतिहास ३३:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ आफू कष्टमा परेपछि मनस्सेले आफ्ना परमेश्‍वर यहोवासित दयाको भीख मागे। तिनले आफ्ना पितापुर्खाका परमेश्‍वरसामु आफूलाई साह्रै नम्र तुल्याइरहे। १३ तिनले परमेश्‍वरलाई प्रार्थना गरिरहे। त्यसकारण उहाँमा दया जाग्यो र उहाँले तिनको बिन्ती सुन्‍नुभयो। उहाँले तिनलाई यरुसलेममा फर्काएर ल्याउनुभयो र तिनको राज्य फिर्ता गरिदिनुभयो।+ त्यसपछि मनस्सेले यहोवा नै साँचो परमेश्‍वर हुनुहुन्छ भनेर थाह पाए।+

  • भजन ३२:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ म चुप रहँदा दिनभरिको मेरो रोदनले मेरा हड्डीहरू मक्किए।+

  • भजन ३२:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ आखिरमा मैले आफ्नो पाप तपाईँसामु स्विकारेँ;

      मैले आफ्नो गल्ती लुकाइनँ।+

      मैले भनेँ: “म आफ्ना अपराधहरू यहोवासामु स्विकार्छु।”+

      अनि तपाईँले मेरो गल्ती, मेरो पाप क्षमा गर्नुभयो।+ (सेला)

  • भजन ५१:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५१ हे परमेश्‍वर, तपाईँले देखाउनुहुने अटल प्रेमअनुसारै ममाथि अनुग्रह गर्नुहोस्‌।+

      तपाईँको अपार कृपाअनुसारै मेरा अपराधहरू मेटाइदिनुहोस्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने