-
नहेम्याह ९:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ तिनीहरू तपाईँकहाँ फर्कून् र तपाईँको व्यवस्था पालन गरून् भनेर तपाईँले तिनीहरूलाई बारम्बार चेतावनी दिनुभयो। तैपनि तिनीहरू अहङ्कारी भए। तिनीहरूले तपाईँका आज्ञाहरू सुन्न इन्कार गरे+ अनि तपाईँका ती नीतिनियम पालन गरेनन्, जुन पालन गर्दा मानिसको जीवन जोगिन्छ।+ तर तिनीहरूले अहङ्कारी भएर तपाईँतर्फ पिठिउँ फर्काए; तिनीहरू हठी भए। तिनीहरूले तपाईँको कुरा सुन्दै सुनेनन्।
-
-
यर्मिया १६:१२, १३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ तर तिमीहरू त तिनीहरूभन्दा पनि दुष्ट रहेछौ।+ मेरो आज्ञा पालन गर्नु त कता हो कता, तिमीहरू आफ्नै हठी हृदयको कुरा सुन्छौ।+ १३ त्यसैले म तिमीहरूलाई लघारेर यस्तो ठाउँमा पठाउनेछु, जुन ठाउँबारे न तिमीहरूले न तिमीहरूका पितापुर्खाले नै सुनेका थियौ।+ त्यहाँ तिमीहरूले दिनरात अरू देवताको सेवा गर्नुपर्नेछ+ किनकि म तिमीहरूलाई रतीभर दया देखाउनेछैनँ।”’
-