-
१ समुएल २:२२-२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ एलि साह्रै वृद्ध भइसकेका थिए। आफ्ना छोराहरूले इस्राएलीहरूलाई के-कस्तो व्यवहार गरिरहेका छन् भनेर तिनले सुनेका थिए।+ साथै भेट हुने पालको* प्रवेशद्वारमा सेवा गर्ने स्त्रीहरूसित तिनीहरूले यौनसम्बन्ध राख्छन् भनेर पनि तिनलाई थाह थियो।+ २३ तिनी छोराहरूलाई यसो भन्थे: “तिमीहरू किन यस्तो काम गरिरहन्छौ? तिमीहरूले गरेको नराम्रो कामबारे सबै मानिसले कुरा गरिरहेको म सुन्दै छु। २४ त्यसो नगर छोराहरू, यहोवा परमेश्वरका जनहरूमाझ तिमीहरूबारे जे-जस्तो कुरा फैलिरहेको छ, त्यो राम्रो होइन। २५ कुनै मानिसले अर्को मानिसविरुद्ध पाप गऱ्यो भने कसैले उसको लागि यहोवा परमेश्वरसित बिन्ती गरिदिन सक्छ।* तर कुनै मानिसले यहोवा परमेश्वरविरुद्ध पाप गऱ्यो भने+ उसको लागि कसले प्रार्थना गरिदिन सक्छ र?” तैपनि एलिका छोराहरूले तिनको कुरा मान्दैनथे र यहोवा परमेश्वरले तिनीहरूलाई मार्ने निश्चय गरिसक्नुभएको थियो।+
-
-
२ इतिहास ३६:१५, १६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ तिनीहरूका पितापुर्खाका परमेश्वर यहोवाले आफ्ना सन्देशवाहकहरू पठाएर तिनीहरूलाई चेतावनी दिइरहनुभयो। उहाँले तिनीहरूलाई बारम्बार चेतावनी दिनुभयो किनकि आफ्नो निवासस्थान र आफ्ना मानिसहरूप्रति उहाँको मनमा दया जाग्यो। १६ तर तिनीहरूले साँचो परमेश्वरका सन्देशवाहकहरूको खिसी गरिरहे,+ उहाँको वचनलाई तुच्छ सम्झे+ र उहाँका भविष्यवक्ताहरूलाई हाँसोमा उडाए।+ तिनीहरूले त्यसै गरिरहे र आखिरमा तिनीहरू सुधार्नै नसकिने* हदसम्मै पुगे। अनि यहोवा परमेश्वरको क्रोध उहाँका मानिसहरूमाथि दन्कियो।+
-