-
प्रस्थान २३:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ “घुस नलिनू किनभने घुसले इमानदार मानिसलाई समेत अन्धो बनाउँछ र धर्मी व्यक्तिलाई छली कुरा गर्न लगाउँछ।+
-
-
१ समुएल ८:१-३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ समुएल वृद्ध भएपछि तिनले आफ्ना छोराहरूलाई इस्राएलीहरूको न्यायकर्ता नियुक्त गरे। २ तिनको जेठो छोराको नाम योएल र कान्छा छोराको नाम अबियाह थियो।+ उनीहरू बेर्सेबामा न्यायकर्ताको रूपमा सेवा गर्थे। ३ समुएलका छोराहरू आफ्नो बुबाले देखाएको बाटोमा हिँडेनन्। उनीहरू आफ्नो फाइदाको लागि बेइमानी गर्थे,+ घुस खान्थे+ अनि सही तरिकामा न्याय गर्दैनथे।+
-
-
हितोपदेश १७:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ दुष्ट मानिसले लुकीछिपी घुस खान्छ
र न्यायलाई बिगार्छ।+
-