-
हितोपदेश २७:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ भोलि यसो गर्छु, उसो गर्छु भनेर फुर्ती नलगाऊ
किनकि भोलि के हुन्छ, तिमी जान्दैनौ।+
-
-
उपदेशक ९:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ संसारमा* मैले अर्को एउटा कुरा पनि देखेँ। वेग कुदाइले सधैँ दौड जितिँदैन, वीरताले सधैँ विजय प्राप्त हुँदैन,+ बुद्धि हुँदैमा सधैँ पेटभरि खान पाइँदैन, सीप हुँदैमा सधैँ धनसम्पत्ति हात लाग्दैन+ अनि प्रशस्त ज्ञान हुँदैमा सधैँ सफल भइँदैन।+ किनभने कुनै पनि बेला मानिसले चिताउँदै नचिताएको घटना घट्न सक्छ, जसलाई टारेर टार्न सकिँदैन।
-