-
एज्रा १:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१ यहोवा परमेश्वरले यर्मियामार्फत भन्नुभएको कुरा पूरा होस् भनेर+ फारसका राजा कोरेसको शासनकालको पहिलो वर्षमा+ यहोवाले तिनको मनलाई उत्प्रेरित गर्नुभयो र तिनले आफ्नो राज्यभरि एउटा घोषणा गरे अनि त्यसलाई लेख्न पनि लगाए।+ त्यो घोषणा यस्तो थियो:
२ “फारसका राजा कोरेस यसो भन्नुहुन्छ, ‘स्वर्गका परमेश्वर यहोवाले मलाई पृथ्वीका सबै राज्य दिनुभएको छ+ अनि उहाँको निम्ति यहुदाको यरुसलेममा एउटा भवन बनाउने आदेश पनि दिनुभएको छ।+
-