प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल ७:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ मेरो सेवक दाउदलाई भन: ‘सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ: “मैले तिमीलाई खर्कबाट बोलाएर ल्याएँ, जहाँ तिमी भेडाबाख्राको हेरचाह गर्थ्यौ।+ अनि मैले तिमीलाई मेरा प्रजा इस्राएलीहरूको अगुवा बनाएँ।+

  • २ समुएल ७:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ तिम्रो घराना र तिम्रो राज्य सदाको लागि सुरक्षित रहनेछ; तिम्रो सिंहासन सदासर्वदा स्थिर हुनेछ।”’”+

  • २ समुएल २३:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ के परमेश्‍वरसामु मेरो घराना पनि त्यस्तै छैन र?

      किनकि उहाँले मसित सदाको लागि करार गर्नुभएको छ,+

      जसको हरेक पक्ष राम्ररी तयार पारिएको छ, जुन कहिल्यै तोडिनेछैन।

      त्यस करारले पूर्ण रूपमा मेरो उद्धार गर्नेछ र मलाई सारा खुसी दिनेछ।

      उहाँले मेरो घरानाको फलिफाप गराउनुको कारण के यही होइन र?+

  • भजन ८९:२८, २९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ तिनीप्रतिको मेरो अटल प्रेम म सदा कायम राख्नेछु+

      अनि तिनीसितको मेरो करार कहिल्यै तोडिनेछैन।+

      २९ तिनको सन्तानलाई म सदाको निम्ति स्थापित गर्नेछु

      अनि जसरी स्वर्ग सधैँ रहन्छ, त्यसरी नै तिनको सिंहासन पनि सधैँ रहने बनाउनेछु।+

  • यर्मिया ३३:२५, २६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ “यहोवा यसो भन्‍नुहुन्छ: ‘जसरी मैले आकाश र पृथ्वीको निम्ति तोकेको+ नियम अनि दिन र रातसित गरेको करार पक्का छ,+ २६ त्यसैगरि म याकुबका सन्तान अनि मेरो दास दाउदको सन्तानलाई कहिल्यै त्याग्नेछैनँ भन्‍ने कुरा पनि पक्का छ। अब्राहाम, इसहाक र याकुबका सन्तानमाथि शासन गर्नलाई दाउदको सन्तानमा शासकको कमी हुनेछैन। किनकि म कैदमा परेकाहरूलाई फेरि जम्मा गर्नेछु+ र तिनीहरूमाथि दया देखाउनेछु।’”+

  • प्रेषित १३:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ परमेश्‍वरले उहाँलाई मृत्युबाट फेरि जीवित पार्नुभयो र उहाँलाई कहिल्यै कुहिन नदिने निश्‍चय गर्नुभयो, जुन उहाँले भन्‍नुभएको यो वचनबाट पनि प्रस्ट हुन्छ: ‘म तिमीहरूलाई मैले दाउदलाई प्रतिज्ञा गरेको अटल प्रेम* देखाउनेछु। यो प्रतिज्ञा भरोसायोग्य छ।’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने