-
मत्ति ४:१३-१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ अनि नासरत छोडेपछि उहाँ समुद्रछेउमा पर्ने कफर्नहुममा आएर बस्न थाल्नुभयो,+ जुन जबुलुन र नप्तालिको इलाकामा पर्थ्यो। १४ यसरी भविष्यवक्ता यसैयाले भनेको यो वचन पूरा भयो: १५ “हे जबुलुनको भूमि र नप्तालिको भूमि, समुद्रको बाटो छेउ अनि यर्दन नदीको पारि पर्ने इलाका, जातिजातिहरूको गालिल! १६ अँध्यारोमा बसिरहेका मानिसहरूले एउटा चहकिलो ज्योति देखे+ अनि मृत्युको छाया परेको ठाउँमा बसिरहेकाहरूमाथि ज्योति उदायो।”+
-