प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल ७:१६, १७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ तिम्रो घराना र तिम्रो राज्य सदाको लागि सुरक्षित रहनेछ; तिम्रो सिंहासन सदासर्वदा स्थिर हुनेछ।”’”+

      १७ नातानले यी सबै कुरा अनि पूरै दर्शन* दाउदलाई बताइदिए।+

  • २ समुएल २३:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ के परमेश्‍वरसामु मेरो घराना पनि त्यस्तै छैन र?

      किनकि उहाँले मसित सदाको लागि करार गर्नुभएको छ,+

      जसको हरेक पक्ष राम्ररी तयार पारिएको छ, जुन कहिल्यै तोडिनेछैन।

      त्यस करारले पूर्ण रूपमा मेरो उद्धार गर्नेछ र मलाई सारा खुसी दिनेछ।

      उहाँले मेरो घरानाको फलिफाप गराउनुको कारण के यही होइन र?+

  • भजन ८९:३४, ३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ म आफ्नो करार तोड्‌नेछैनँ +

      र आफ्नो मुखले बोलेको कुरा फेर्नेछैनँ।+

      ३५ मैले आफ्नो पवित्रताको नाममा सदाको लागि कसम खाएको छु;

      म दाउदसित झूट बोल्दिनँ।+

  • भजन १३२:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यहोवाले दाउदसित शपथ खानुभएको छ;

      उहाँले आफ्नो वचन कदापि फिर्ता लिनुहुनेछैन:

      “तिम्रा सन्तानमध्ये* एक जनालाई

      म तिम्रो सिंहासनमा बसाल्नेछु।+

  • यसैया ५५:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ मकहाँ आओ र आफ्नो कान थापेर सुन।+

      मेरो कुरा सुन, तब तिमीहरू बाँचिरहनेछौ।

      म तिमीहरूसित कहिल्यै नटुट्‌ने करार गर्नेछु।+

      मैले दाउदलाई प्रतिज्ञा गरेअनुसारै म अटल प्रेम देखाउनेछु।

      यो प्रतिज्ञा भरोसायोग्य छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने