-
यर्मिया २७:६, ७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ अब म यी सबै देश मेरो सेवक अर्थात् बेबिलोनका राजा नबुकद्नेजरलाई दिन्छु।+ त्यहाँ भएका जङ्गली जनावरहरूसमेत म उसलाई सुम्पन्छु। ७ जबसम्म बेबिलोनको पतन हुने बेला आउँदैन, तबसम्म सबै देशले उसको, उसको छोराको र उसको नातिको सेवा गर्नेछन्।+ त्यसपछि अरू देश र महाराजाहरूले बेबिलोनलाई आफ्नो दास बनाउनेछन्।’+
-
-
यर्मिया ५०:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५० कल्दियालीहरूको देश बेबिलोनबारे भविष्यवक्ता यर्मियामार्फत आएको यहोवाको वचन:+
२ “राष्ट्रहरूमाझ यसको घोषणा गर र यो सन्देश सुनाऊ।
झन्डा ठड्याएर यसको घोषणा गर।
केही नलुकाई सबै सुनाऊ।
यसो भन, ‘बेबिलोनलाई कब्जा गरिएको छ।+
मरोदक त्रसित भएको छ।
बेबिलोनका मूर्तिहरू लाजमा पारिएका छन्।
त्यसका घिनलाग्दा मूर्तिहरू* डरले थरथर काँपेका छन्।’
-