प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ५१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यर्मिया विषयवस्तु

      • बेबिलोनबारे भविष्यवाणी (१-६४)

        • बेबिलोन अचानक मादीहरूको हातमा पर्नेछ (८-१२)

        • पुस्तक युफ्रेटिसमा मिल्काइन्छ (५९-६४)

यर्मिया ५१:१

फुटनोट

  • *

    यो कल्दियालीहरूको देशको गुप्त नाम हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +यर्मि ५०:९

यर्मिया ५१:२

मार्जिनल रेफरेन्स

  • +यर्मि ५०:१४, २९

यर्मिया ५१:३

मार्जिनल रेफरेन्स

  • +यसै १३:१७, १८; यर्मि ५०:३०

यर्मिया ५१:४

मार्जिनल रेफरेन्स

  • +यसै १३:१५

यर्मिया ५१:५

फुटनोट

  • *

    अर्थात्‌, कल्दियालीहरूको देश।

मार्जिनल रेफरेन्स

  • +भज ९४:१४; यसै ४४:२१; यर्मि ४६:२८; जक २:१२

यर्मिया ५१:६

मार्जिनल रेफरेन्स

  • +यर्मि ५०:८; जक २:७; प्रका १८:४
  • +यर्मि २५:१२, १४; ५०:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१/२००८, पृ. ११-१२

यर्मिया ५१:७

मार्जिनल रेफरेन्स

  • +प्रका १७:१, २; १८:३
  • +यर्मि २५:१५, १६

यर्मिया ५१:८

फुटनोट

  • *

    वा “बाल्सम,” कुनै खास बोट वा रूखबाट निकालिएको बास्नादार तेल।

मार्जिनल रेफरेन्स

  • +यसै २१:९; ४७:९; प्रका १४:८
  • +प्रका १८:२, ९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१५/२००२, पृ. ३०-३१

यर्मिया ५१:९

मार्जिनल रेफरेन्स

  • +यसै १३:१४
  • +प्रका १८:४, ५

यर्मिया ५१:१०

मार्जिनल रेफरेन्स

  • +मिका ७:९
  • +यर्मि ५०:२८

यर्मिया ५१:११

फुटनोट

  • *

    वा सम्भवतः “ठोक्रो भर।”

मार्जिनल रेफरेन्स

  • +यर्मि ५०:१४
  • +यसै १३:१७; ४५:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    ६/२०१७, पृ. ३

यर्मिया ५१:१२

मार्जिनल रेफरेन्स

  • +यसै १३:२
  • +प्रका १७:१७

यर्मिया ५१:१३

मार्जिनल रेफरेन्स

  • +प्रका १७:१, १५
  • +यसै ४५:३; यर्मि ५०:३७
  • +हब २:९; प्रका १८:११, १२, १९

यर्मिया ५१:१४

मार्जिनल रेफरेन्स

  • +यर्मि ५०:१५

यर्मिया ५१:१५

मार्जिनल रेफरेन्स

  • +भज ९३:१; १०४:२४
  • +भज १३६:५; हित ३:१९; यसै ४०:२२; यर्मि १०:१२-१६

यर्मिया ५१:१६

फुटनोट

  • *

    वा सम्भवतः “आकाशका बाँधहरू बनाउनुहुन्छ।”

मार्जिनल रेफरेन्स

  • +भज १३५:७

यर्मिया ५१:१७

फुटनोट

  • *

    वा “धातु पगालेर बनाइएका मूर्तिहरू।”

मार्जिनल रेफरेन्स

  • +यसै ४४:११
  • +हब २:१९

यर्मिया ५१:१८

मार्जिनल रेफरेन्स

  • +यसै ४१:२९; यर्मि १४:२२

यर्मिया ५१:१९

फुटनोट

  • *

    शा., “अंश।”

  • *

    वा सम्भवतः “उहाँले नै आफ्नो उत्तराधिकारको लौरो बनाउनुभयो।”

मार्जिनल रेफरेन्स

  • +व्य ३२:९
  • +यसै ४७:४

यर्मिया ५१:२४

मार्जिनल रेफरेन्स

  • +भज १३७:८

यर्मिया ५१:२५

मार्जिनल रेफरेन्स

  • +यर्मि २५:९
  • +यर्मि ५०:३१

यर्मिया ५१:२६

मार्जिनल रेफरेन्स

  • +यर्मि ५०:१३, ४०; प्रका १८:२१

यर्मिया ५१:२७

मार्जिनल रेफरेन्स

  • +यसै १३:२; यर्मि ५१:१२
  • +उत्प ८:४
  • +उत्प १०:२, ३; यर्मि ५०:४१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१५/२००१, पृ. २६

यर्मिया ५१:२८

मार्जिनल रेफरेन्स

  • +यसै १३:१७; दा ५:३०, ३१

यर्मिया ५१:२९

मार्जिनल रेफरेन्स

  • +यसै १३:१३, १९; यर्मि ५०:१३, ३९, ४०

यर्मिया ५१:३०

मार्जिनल रेफरेन्स

  • +यसै १३:७
  • +यर्मि ५०:३७
  • +भज १०७:१६; यसै ४५:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    ६/२०१७, पृ. ३

यर्मिया ५१:३१

मार्जिनल रेफरेन्स

  • +यसै ४७:११; यर्मि ५०:२४, ४३

यर्मिया ५१:३२

फुटनोट

  • *

    पैदल नै तर्न सकिने गहिराइ कम भएको नदीको भाग।

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यसै ४४:२७; यर्मि ५०:३८; प्रका १६:१२

यर्मिया ५१:३४

फुटनोट

  • *

    शा., “नबुकद्‌रेजरले।” नबुकद्‌नेजर नामको अर्को हिज्जे।

मार्जिनल रेफरेन्स

  • +२इ ३६:१७, १८; यर्मि ५०:१७
  • +यर्मि ५१:४४

यर्मिया ५१:३५

मार्जिनल रेफरेन्स

  • +भज १३७:८; यर्मि ५०:२९

यर्मिया ५१:३६

मार्जिनल रेफरेन्स

  • +यर्मि ५०:३४
  • +व्य ३२:३५
  • +यसै ४४:२७; यर्मि ५०:३८

यर्मिया ५१:३७

मार्जिनल रेफरेन्स

  • +यर्मि २५:१२; ५०:१५
  • +यसै १३:१९, २२
  • +यर्मि ५०:१३, ३९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    ६/२०१७, पृ. ३

यर्मिया ५१:३९

मार्जिनल रेफरेन्स

  • +दा ५:१, ४
  • +यर्मि २५:१७, २७; ५१:५७

यर्मिया ५१:४१

फुटनोट

  • *

    यो बाबेलको (बेबिलोन) गुप्त नाम हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +यर्मि २५:१७, २६
  • +यसै १३:१९; यर्मि ४९:२५; दा ४:३०

यर्मिया ५१:४३

मार्जिनल रेफरेन्स

  • +यसै १३:१, २०; यर्मि ५०:३९

यर्मिया ५१:४४

मार्जिनल रेफरेन्स

  • +यसै ४६:१; यर्मि ५०:२
  • +२इ ३६:७; एज्रा १:७; यर्मि ५१:३४; दा १:१, २
  • +यर्मि ५१:५८

यर्मिया ५१:४५

मार्जिनल रेफरेन्स

  • +यसै ४८:२०; प्रका १८:४
  • +यर्मि ५१:६; जक २:७
  • +यसै १३:१३

यर्मिया ५१:४७

मार्जिनल रेफरेन्स

  • +यसै १३:१५; दा ५:३०

यर्मिया ५१:४८

मार्जिनल रेफरेन्स

  • +यसै ४४:२३; ४८:२०; ४९:१३; प्रका १८:२०
  • +यर्मि ५०:३, ४१

यर्मिया ५१:४९

मार्जिनल रेफरेन्स

  • +यर्मि ५०:१७; ५१:२४

यर्मिया ५१:५०

मार्जिनल रेफरेन्स

  • +यर्मि ५०:८; प्रका १८:४
  • +एज्रा १:३; भज १३७:५

यर्मिया ५१:५१

मार्जिनल रेफरेन्स

  • +भज ७९:१; वि १:१०

यर्मिया ५१:५२

मार्जिनल रेफरेन्स

  • +यसै १३:१५

यर्मिया ५१:५३

मार्जिनल रेफरेन्स

  • +यसै १४:१३; दा ४:३०
  • +यर्मि ५०:१०

यर्मिया ५१:५४

मार्जिनल रेफरेन्स

  • +यसै १३:६
  • +यर्मि ५०:२२, २३

यर्मिया ५१:५६

मार्जिनल रेफरेन्स

  • +यसै २१:२
  • +यर्मि ५०:३६
  • +व्य ३२:३५; भज ९४:१; यसै ३४:८; यर्मि ५०:२९; प्रका १८:५
  • +भज १३७:८

यर्मिया ५१:५७

मार्जिनल रेफरेन्स

  • +यर्मि २५:२७
  • +यर्मि ५१:३९

यर्मिया ५१:५८

मार्जिनल रेफरेन्स

  • +यर्मि ५०:१५; ५१:४४
  • +हब २:१३

यर्मिया ५१:५९

मार्जिनल रेफरेन्स

  • +यर्मि ३२:१२; ३६:४; ४५:१

यर्मिया ५१:६२

मार्जिनल रेफरेन्स

  • +यसै १३:१, २०; १४:२३; यर्मि ५०:३, ३९; ५१:२९, ३७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    ६/२०१७, पृ. ३

यर्मिया ५१:६३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २६९-२७०

यर्मिया ५१:६४

मार्जिनल रेफरेन्स

  • +प्रका १८:२१
  • +यर्मि ५१:५८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २६९-२७०

अरू

यर्मि. ५१:१यर्मि ५०:९
यर्मि. ५१:२यर्मि ५०:१४, २९
यर्मि. ५१:३यसै १३:१७, १८; यर्मि ५०:३०
यर्मि. ५१:४यसै १३:१५
यर्मि. ५१:५भज ९४:१४; यसै ४४:२१; यर्मि ४६:२८; जक २:१२
यर्मि. ५१:६यर्मि ५०:८; जक २:७; प्रका १८:४
यर्मि. ५१:६यर्मि २५:१२, १४; ५०:१५
यर्मि. ५१:७प्रका १७:१, २; १८:३
यर्मि. ५१:७यर्मि २५:१५, १६
यर्मि. ५१:८यसै २१:९; ४७:९; प्रका १४:८
यर्मि. ५१:८प्रका १८:२, ९
यर्मि. ५१:९यसै १३:१४
यर्मि. ५१:९प्रका १८:४, ५
यर्मि. ५१:१०मिका ७:९
यर्मि. ५१:१०यर्मि ५०:२८
यर्मि. ५१:११यर्मि ५०:१४
यर्मि. ५१:११यसै १३:१७; ४५:१
यर्मि. ५१:१२यसै १३:२
यर्मि. ५१:१२प्रका १७:१७
यर्मि. ५१:१३प्रका १७:१, १५
यर्मि. ५१:१३यसै ४५:३; यर्मि ५०:३७
यर्मि. ५१:१३हब २:९; प्रका १८:११, १२, १९
यर्मि. ५१:१४यर्मि ५०:१५
यर्मि. ५१:१५भज ९३:१; १०४:२४
यर्मि. ५१:१५भज १३६:५; हित ३:१९; यसै ४०:२२; यर्मि १०:१२-१६
यर्मि. ५१:१६भज १३५:७
यर्मि. ५१:१७यसै ४४:११
यर्मि. ५१:१७हब २:१९
यर्मि. ५१:१८यसै ४१:२९; यर्मि १४:२२
यर्मि. ५१:१९व्य ३२:९
यर्मि. ५१:१९यसै ४७:४
यर्मि. ५१:२४भज १३७:८
यर्मि. ५१:२५यर्मि २५:९
यर्मि. ५१:२५यर्मि ५०:३१
यर्मि. ५१:२६यर्मि ५०:१३, ४०; प्रका १८:२१
यर्मि. ५१:२७यसै १३:२; यर्मि ५१:१२
यर्मि. ५१:२७उत्प ८:४
यर्मि. ५१:२७उत्प १०:२, ३; यर्मि ५०:४१
यर्मि. ५१:२८यसै १३:१७; दा ५:३०, ३१
यर्मि. ५१:२९यसै १३:१३, १९; यर्मि ५०:१३, ३९, ४०
यर्मि. ५१:३०यसै १३:७
यर्मि. ५१:३०यर्मि ५०:३७
यर्मि. ५१:३०भज १०७:१६; यसै ४५:२
यर्मि. ५१:३१यसै ४७:११; यर्मि ५०:२४, ४३
यर्मि. ५१:३२यसै ४४:२७; यर्मि ५०:३८; प्रका १६:१२
यर्मि. ५१:३४२इ ३६:१७, १८; यर्मि ५०:१७
यर्मि. ५१:३४यर्मि ५१:४४
यर्मि. ५१:३५भज १३७:८; यर्मि ५०:२९
यर्मि. ५१:३६यर्मि ५०:३४
यर्मि. ५१:३६व्य ३२:३५
यर्मि. ५१:३६यसै ४४:२७; यर्मि ५०:३८
यर्मि. ५१:३७यर्मि २५:१२; ५०:१५
यर्मि. ५१:३७यसै १३:१९, २२
यर्मि. ५१:३७यर्मि ५०:१३, ३९
यर्मि. ५१:३९दा ५:१, ४
यर्मि. ५१:३९यर्मि २५:१७, २७; ५१:५७
यर्मि. ५१:४१यर्मि २५:१७, २६
यर्मि. ५१:४१यसै १३:१९; यर्मि ४९:२५; दा ४:३०
यर्मि. ५१:४३यसै १३:१, २०; यर्मि ५०:३९
यर्मि. ५१:४४यसै ४६:१; यर्मि ५०:२
यर्मि. ५१:४४२इ ३६:७; एज्रा १:७; यर्मि ५१:३४; दा १:१, २
यर्मि. ५१:४४यर्मि ५१:५८
यर्मि. ५१:४५यसै ४८:२०; प्रका १८:४
यर्मि. ५१:४५यर्मि ५१:६; जक २:७
यर्मि. ५१:४५यसै १३:१३
यर्मि. ५१:४७यसै १३:१५; दा ५:३०
यर्मि. ५१:४८यसै ४४:२३; ४८:२०; ४९:१३; प्रका १८:२०
यर्मि. ५१:४८यर्मि ५०:३, ४१
यर्मि. ५१:४९यर्मि ५०:१७; ५१:२४
यर्मि. ५१:५०यर्मि ५०:८; प्रका १८:४
यर्मि. ५१:५०एज्रा १:३; भज १३७:५
यर्मि. ५१:५१भज ७९:१; वि १:१०
यर्मि. ५१:५२यसै १३:१५
यर्मि. ५१:५३यसै १४:१३; दा ४:३०
यर्मि. ५१:५३यर्मि ५०:१०
यर्मि. ५१:५४यसै १३:६
यर्मि. ५१:५४यर्मि ५०:२२, २३
यर्मि. ५१:५६यसै २१:२
यर्मि. ५१:५६यर्मि ५०:३६
यर्मि. ५१:५६व्य ३२:३५; भज ९४:१; यसै ३४:८; यर्मि ५०:२९; प्रका १८:५
यर्मि. ५१:५६भज १३७:८
यर्मि. ५१:५७यर्मि २५:२७
यर्मि. ५१:५७यर्मि ५१:३९
यर्मि. ५१:५८यर्मि ५०:१५; ५१:४४
यर्मि. ५१:५८हब २:१३
यर्मि. ५१:५९यर्मि ३२:१२; ३६:४; ४५:१
यर्मि. ५१:६२यसै १३:१, २०; १४:२३; यर्मि ५०:३, ३९; ५१:२९, ३७
यर्मि. ५१:६४प्रका १८:२१
यर्मि. ५१:६४यर्मि ५१:५८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
  • ४२
  • ४३
  • ४४
  • ४५
  • ४६
  • ४७
  • ४८
  • ४९
  • ५०
  • ५१
  • ५२
  • ५३
  • ५४
  • ५५
  • ५६
  • ५७
  • ५८
  • ५९
  • ६०
  • ६१
  • ६२
  • ६३
  • ६४
पवित्र बाइबल नयाँ संसार अनुवाद
यर्मिया ५१:१-६४

यर्मिया

५१ यहोवा यसो भन्‍नुहुन्छ:

“म बेबिलोनलाई+ अनि लेब-कमाइका* बासिन्दाहरूलाई नाश गर्न

एउटा भयानक आँधी ल्याउँदै छु।

 २ म बेबिलोनमा निफन्‍नेहरूलाई पठाउनेछु।

तिनीहरूले त्यसलाई निफन्‍नेछन्‌ र त्यसलाई रित्तो पारिदिनेछन्‌।

विपत्तिको दिनमा तिनीहरू चारैतिरबाट त्यसविरुद्ध जाइलाग्नेछन्‌।+

 ३ धनुर्धारीले आफ्नो धनुमा ताँदो नचढाओस्‌।

कोही पनि आफ्नो कवच लगाएर तयार नहोस्‌।

त्यसका नौजवानहरूलाई अलिकति पनि दया नदेखाओ।+

त्यसको पूरै सेनालाई नाश गरिदेओ।

 ४ अनि तिनीहरू कल्दियालीहरूको देशमा मारिनेछन्‌।

त्यहाँका गल्लीहरूमा तिनीहरू सख्त घाइते हुनेछन्‌।+

 ५ किनकि इस्राएल र यहुदालाई उनीहरूका परमेश्‍वर, सेनाहरूका यहोवाले त्याग्नुभएको छैन; उनीहरू विधवाजस्ता भएका छैनन्‌।+

तर तिनीहरूको देश* भने इस्राएलका पवित्र परमेश्‍वरको नजरमा पूरै दोषी छ।

 ६ बेबिलोनबाट भाग!

आफ्नो ज्यान जोगाओ!+

त्यसको अपराधले गर्दा तिमीहरू नाश हुन नपरोस्‌

किनकि यो यहोवाको बदला लिने समय हो।

उहाँले त्यसको कुकर्मको सजाय त्यसलाई दिँदै हुनुहुन्छ।+

 ७ बेबिलोन यहोवाको हातमा सुनको कचौराबराबर थियो।

त्यसले पूरै पृथ्वीलाई मात्तिनेगरि पिउन लगायो।

राष्ट्रहरूले त्यसको रक्सी पिएका छन्‌।+

त्यसैले तिनीहरू बौलाएका छन्‌।+

 ८ बेबिलोनको अचानक पतन भएको छ र त्यो टुक्राटुक्रा भएको छ।+

त्यसको निम्ति विलाप गर!+

त्यसको पीडा कम गर्न सुगन्धित लेप* ल्याओ; कतै त्यो निको हुन्छ कि?”

 ९ “हामीले बेबिलोनलाई निको पार्न खोज्यौँ तर त्यो निको भएन।

त्यसलाई छोडेर हामी सबै आ-आफ्नो देशमा जाऔँ+

किनकि त्यसको अपराध चुलिएर आकाशसम्मै पुगेको छ;

बादलसम्मै त्यो पुगेको छ।+

१० यहोवाले हाम्रो पक्षमा इन्साफ गर्नुभएको छ।+

आओ, सियोनमा यहोवा हाम्रा परमेश्‍वरका कामहरूको बयान गरौँ!”+

११ “आफ्ना बाणहरू तिखार,+ गोला ढालहरू लेओ।*

यहोवाले मादीका राजाहरूलाई उक्साउनुभएको छ+

किनकि बेबिलोनलाई नामेट पार्ने उहाँको इच्छा छ।

यो यहोवाको बदला हो, आफ्नो मन्दिरको लागि उहाँले लिनुहुने बदला।

१२ बेबिलोनका पर्खालहरूविरुद्ध झन्डा ठड्‌याओ।+

अझ कडाइका साथ पहरा देओ, पहरेदारहरूलाई खटाओ।

ढुकेर आक्रमण गर्नेहरूलाई तयार पार

किनकि यहोवाले एउटा योजना बुन्‍नुभएको छ।

बेबिलोनका बासिन्दाहरूलाई नाश गर्ने आफ्नो प्रतिज्ञा उहाँले पूरा गर्नुहुनेछ।”+

१३ “ए धेरै पानीमा बस्ने स्त्री,+

जोसँग प्रशस्तै धनसम्पत्ति छ,+

तेरो अन्त आएको छ। तैँले हदैसम्म नाफा कमाइसकिस्‌।+

१४ सेनाहरूका यहोवाले आफ्नै कसम खाएर यसो भन्‍नुभएको छ,

‘म तँविरुद्ध सलहझैँ अनगिन्ती मानिसहरू पठाएर तँलाई भरिदिनेछु।

तिनीहरूले तँलाई हराउनेछन्‌ र विजयको नारा लगाउनेछन्‌।’+

१५ उहाँले आफ्नो शक्‍तिले यो पृथ्वी सृष्टि गर्नुभयो;

आफ्नो बुद्धिले उर्वर भूमिलाई स्थिर पार्नुभयो+

अनि आफ्नो समझले आकाशलाई फैलाउनुभयो।+

१६ उहाँ बोल्दा

आकाशका पानीहरू छचल्किन्छन्‌;

पृथ्वीको पल्लो छेउदेखि उहाँले कुहिरो उठाउनुहुन्छ।

उहाँ वर्षा गराउन बिजुली चम्काउनुहुन्छ*

अनि आफ्नो भण्डारबाट बतास चलाउनुहुन्छ।+

१७ हरेक मानिसले बेतुकको र मूर्ख काम गर्छ।

हरेक कालिगड आफैले बनाएको मूर्तिले गर्दा लाजमा पर्नेछ+

किनकि तिनीहरूका मूर्तिहरू* झूटा हुन्‌

अनि तिनमा सास छैन।+

१८ ती सबै व्यर्थका काम हुन्‌,+ गिल्ला गर्न लायकका काम।

तिनीहरूको लेखा लिने दिनमा तिनीहरू नष्ट हुनेछन्‌।

१९ तर याकुबका परमेश्‍वर* त्यस्तो हुनुहुन्‍न

किनकि उहाँले नै सबथोक रच्नुभयो।

उहाँ नै याकुबको उत्तराधिकारको लौरो हुनुहुन्छ।*+

उहाँको नाम सेनाहरूका यहोवा हो।”+

२० “तिमी मेरो लागि युद्ध लड्‌ने मुङ्‌ग्रोजस्तै छौ।

तिमीद्वारै म राष्ट्रहरूलाई धुलोपिठो पार्नेछु

र राज्यहरूको पतन गराउनेछु।

२१ तिमीद्वारै म घोडा र त्यसको सवारलाई टुक्राटुक्रा पार्नेछु,

रथ र त्यसको सवारलाई टुक्राटुक्रा पार्नेछु।

२२ तिमीद्वारै म स्त्री र पुरुषलाई टुक्राटुक्रा पार्नेछु,

बालक र वृद्धलाई

अनि तन्‍नेरी र तरुणीलाई टुक्राटुक्रा पार्नेछु।

२३ तिमीद्वारै म गोठालो र त्यसको बगाललाई टुक्राटुक्रा पार्नेछु,

किसान र त्यसको वस्तुभाउलाई

अनि शासक र उप-शासकलाई टुक्राटुक्रा पार्नेछु।

२४ म बेबिलोनलाई र कल्दियाका सबै बासिन्दालाई सजाय दिनेछु,

तिनीहरूले सियोनमा तिमीहरूको आँखाअगाडि गरेका सबै कुकर्मको निम्ति म तिनीहरूलाई सजाय दिनेछु,”+ यहोवा घोषणा गर्नुहुन्छ।

२५ यहोवा घोषणा गर्नुहुन्छ, “ए विनाश गर्ने पर्वत!

पूरै पृथ्वीलाई नाश गर्ने पर्वत,+ म तँविरुद्ध खडा भएको छु।+

म आफ्नो हात पसारेर तँलाई भीरबाट गुल्टाइदिनेछु।

अनि तँलाई डढेलो लागेको पहाड बनाउनेछु।”

२६ “मानिसहरूले कुनाको ढुङ्‌गो बनाउन वा जग हाल्न तँबाट ढुङ्‌गा निकाल्नेछैनन्‌

किनकि तँ सदाको लागि उजाड हुनेछस्‌,”+ यहोवा घोषणा गर्नुहुन्छ।

२७ “देशमा झन्डा ठड्‌याओ।+

राष्ट्रहरूमाझ सिङ फुक।

त्यसविरुद्ध लड्‌न राष्ट्रहरूलाई तयार पार।

अरारात,+ मिन्‍नी र अस्कनजका+ राज्यहरूलाई हाजिर गराओ।

नयाँ-नयाँ जवान भर्ती गराउने सैनिक अफिसरलाई त्यसको विरुद्धमा खटाओ।

सलहको बथान जत्तिकै घोडाहरूको ओइरो लगाएर त्यसलाई आक्रमण गर।

२८ त्यससित लड्‌न राष्ट्रहरूलाई तयार पार।

मादीका राजाहरू,+ राज्यपालहरू र सबै उप-शासकलाई

अनि तिनीहरूले शासन गर्ने सबै देशलाई त्यससित युद्ध गर्न तयार पार।

२९ पृथ्वी थरथर काँप्नेछ र हल्लिनेछ

किनकि यहोवाले बेबिलोनलाई जे गर्ने विचार गर्नुभएको छ, त्यो उहाँले पूरा गर्नुहुनेछ।

उहाँले बेबिलोनलाई निर्जन बनाउनुहुनेछ, त्यसको हालत देखेर मानिसहरू डरले थरथर काँप्नेछन्‌।+

३० बेबिलोनका योद्धाहरूले युद्ध गर्न छोडिदिएका छन्‌।

तिनीहरू आफ्ना किल्लाहरूमा बसेका छन्‌।

तिनीहरू निर्बल भएका छन्‌।+

तिनीहरू स्त्रीहरूजस्तै भएका छन्‌।+

बेबिलोनका घरहरूमा आगो लगाइएको छ।

त्यसका गजबारहरू भत्काइएका छन्‌।+

३१ एउटा दूत अर्को दूतलाई भेट्‌न दौडन्छ,

एउटा सन्देशवाहक अर्को सन्देशवाहकलाई भेट्‌न दौडन्छ।

तिनीहरू बेबिलोनका राजालाई यो खबर दिन जान्छन्‌: ‘सहरलाई चारैतिरबाट कब्जा गरिएको छ।+

३२ जँघारलाई* कब्जा गरिएको छ।+

मालिङ्‌गोका* डुङ्‌गाहरूमा आगो लगाइएको छ

र सैनिकहरूलाई त्रासले छोपेको छ।’”

३३ किनकि सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ:

“बेबिलोनकी छोरी दाइँ गर्ने खलाजस्तै छे।

त्यसलाई कुल्चीमिल्ची पारेर कडा बनाउने समय आइसकेको छ।

अब चाँडै त्यसको कटनी गर्ने समय आउँदै छ।”

३४ “बेबिलोनका राजा नबुकद्‌नेजरले* मलाई कप्लक्कै निलेका छन्‌।+

तिनले मलाई अलमलमा पारेका छन्‌।

मलाई रित्तो भाँडो बनाइदिएका छन्‌।

अजङ्‌गको सर्पले जस्तै मलाई निलेका छन्‌।+

मेरा असल-असल थोकले तिनले आफ्नो पेट भरेका छन्‌।

तिनले मलाई पखालेर फ्याँकिदिएका छन्‌।

३५ सियोनको बासिन्दा यसो भन्छ: ‘ममाथि र मेरो शरीरमाथि जस्तो अत्याचार भएको छ, बेबिलोनमाथि पनि त्यस्तै होस्‌!’+

अनि यरुसलेम यसो भन्छ: ‘मेरो रगतको दोष कल्दियालीहरूलाई लागोस्‌!’”

३६ त्यसैले यहोवा यसो भन्‍नुहुन्छ:

“म तिम्रो तर्फबाट मुद्दा लड्‌नेछु।+

तिम्रो लागि बदला लिनेछु।+

त्यसको समुद्र र त्यसका इनारहरूलाई म सुकाइदिनेछु।+

३७ बेबिलोन ढुङ्‌गाहरूको थुप्रो हुनेछ;+

स्यालहरूको ओडार हुनेछ।+

त्यो निर्जन हुनेछ,+

त्यसलाई देखेर मानिसहरू डरले थरथर काँप्नेछन्‌ र खिसी गर्दै सिटी बजाउनेछन्‌।

३८ तिनीहरू सबै जवान सिंहझैँ गर्जनेछन्‌।

डमरुहरूझैँ ङ्‌वार्र-ङुर्र गर्नेछन्‌।”

३९ “तिनीहरू उत्तेजित भएको बेला म तिनीहरूको लागि भोज तयार पार्नेछु र तिनीहरूलाई मात्तिनेगरि पिउन लगाउनेछु

अनि तिनीहरू प्रफुल्लित हुनेछन्‌।+

त्यसपछि तिनीहरू सधैँका लागि सुत्नेछन्‌

र फेरि कहिल्यै ब्युँझनेछैनन्‌,”+ यहोवा घोषणा गर्नुहुन्छ।

४० “काट्‌नलाई लगिएका पाठा, थुमा र बाख्राहरूलाई जस्तैगरि

म तिनीहरूलाई लैजानेछु।”

४१ “हेर! सेसाकलाई* कब्जा गरिएको छ।+

सारा पृथ्वीले जसको प्रशंसा गर्थ्यो, त्यो पक्राउ परेको छ।+

राष्ट्रहरू बेबिलोनको हालत देखेर डरले थरथर काँपेका छन्‌।

४२ सागर बेबिलोनमाथि उर्लेर आएको छ,

त्यसका छालहरूले बेबिलोनलाई छोपेको छ।

४३ त्यसका सहरहरू निर्जलभूमि र मरुभूमि भएका छन्‌; त्यसको हालत देखेर मानिसहरू डरले थरथर काँप्छन्‌।

त्यहाँ कोही बस्नेछैन; कोही पनि त्यो ठाउँ भएर हिँड्‌नेछैन।+

४४ म बेबिलोनको देवता बेललाई+ सजाय दिनेछु।

त्यसले जे निलेको छ, म त्यसको मुखबाट निकाल्नेछु।+

राष्ट्रहरूको त्यसकहाँ फेरि कहिल्यै ओइरो लाग्नेछैन।

बेबिलोनको पर्खाल ढल्नेछ।+

४५ हे मेरा मानिसहरू! त्यसबाट निस्केर आओ!+

आफ्नो ज्यान जोगाउन भाग!+ यहोवाको बल्दो रिसबाट भाग!+

४६ देशमा जुन खबर सुनिनेछ, त्यो सुनेर तिमीहरू नडराओ; तिमीहरूको हृदय दह्रो पार।

एक वर्षमा त्यो खबर आउनेछ

अनि अर्को वर्ष अर्को खबर आउनेछ।

देशमा हिंसा मच्चिरहेको छ र एक जना शासक अर्को शासकविरुद्ध उठिरहेको छ भन्‍ने खबर आउनेछ।

४७ हेर! यस्ता दिनहरू आउँदै छन्‌,

जब म बेबिलोनका मूर्तिहरूलाई सजाय दिनेछु।

सारा देश लाजमा पारिनेछ।

त्यसका मारिएका मानिसहरू त्यसकै बीचमा ढल्नेछन्‌।+

४८ बेबिलोनको हालत देखेर स्वर्ग र पृथ्वी

अनि तिनमा भएका सबै थोक खुसीले कराउनेछन्‌+

किनकि उत्तरबाट बेबिलोनलाई नाश गर्नेहरू आउनेछन्‌,”+ यहोवा घोषणा गर्नुहुन्छ।

४९ “बेबिलोनले केवल इस्राएलीहरूलाई मात्र मारेन,+

बेबिलोनमा पृथ्वीका सबै मानिस मारिएका छन्‌।

५० हे तरबारबाट बाँचेकाहरू हो! अघि बढिरहो, एकै ठाउँमा ठिङ्‌ग नउभिओ!+

टाढै छँदा पनि यहोवालाई सम्झ

र यरुसलेमको सम्झना तिमीहरूको मनमा आओस्‌।”+

५१ “हामी लाजमा पारिएका छौँ, मानिसहरूले हाम्रो गिल्ला गरेको हामीले सुनेका छौँ।

अपमानले हाम्रो अनुहार ढाकिएको छ

किनकि विदेशीहरू यहोवाको भवनका पवित्र ठाउँहरूलाई आक्रमण गर्न आएका छन्‌।”+

५२ “त्यसैले हेर! यस्ता दिनहरू आउँदै छन्‌,

जब म त्यसका कुँदिएका मूर्तिहरूलाई सजाय दिनेछु

र देशभरि घाइतेहरूले सुस्केरा हाल्नेछन्‌,”+ यहोवा घोषणा गर्नुहुन्छ।

५३ “बेबिलोन चुलिएर आकाशसम्मै पुगे तापनि,+

त्यसले आफ्ना अग्ला-अग्ला किल्लाहरूलाई जति नै बलियो बनाए तापनि,

म त्यसलाई नाश गर्ने शत्रुहरू पठाउनेछु,”+ यहोवा घोषणा गर्नुहुन्छ।

५४ “सुन! बेबिलोनबाट चीत्कार सुनिएको छ।+

कल्दियालीहरूको देशबाट महाविनाशको आवाज सुनिएको छ+

५५ किनकि यहोवाले बेबिलोनलाई नाश गर्दै हुनुहुन्छ।

उहाँले त्यसको ठूलो स्वर बन्द गर्नुहुनेछ।

त्यसलाई आक्रमण गर्नेहरू समुद्रका छालहरूझैँ गर्जनेछन्‌

र तिनीहरूको आवाज गुञ्जिनेछ।

५६ नाश गर्ने शत्रु बेबिलोनमाथि जाइलाग्नेछ।+

त्यसका योद्धाहरू पक्राउ पर्नेछन्‌।+

तिनीहरूका धनुलाई टुक्राटुक्रा पारिनेछ

किनकि यहोवा बदला लिने परमेश्‍वर हुनुहुन्छ।+

उहाँले अवश्‍यै त्यसलाई सजाय दिनुहुनेछ।”+

५७ ती राजा, जसको नाम सेनाहरूका यहोवा हो, उहाँ यस्तो घोषणा गर्नुहुन्छ: “म त्यसका भारदारहरू र बुद्धिमान्‌ मानिसहरूलाई

अनि त्यसका राज्यपालहरू, उप-शासकहरू र योद्धाहरूलाई मात्तिनेगरि पिउन लगाउनेछु।+

त्यसपछि तिनीहरू सधैँका लागि सुत्नेछन्‌

र फेरि कहिल्यै ब्युँझनेछैनन्‌।”+

५८ सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ:

“बेबिलोनको पर्खाल जति नै चौडा भए तापनि त्यो गर्ल्यामगुर्लुम ढल्नेछ।+

अनि त्यसका मूलढोकाहरू जति नै अग्ला भए तापनि ती जलाइनेछन्‌।

मानिसहरूले व्यर्थैमा परिश्रम गर्नेछन्‌।

राष्ट्रहरूले मरिमेटी गरेको कामलाई आगोले भस्म पारिदिनेछ।”+

५९ यहुदाका राजा सिदकियाहको शासनकालको चौथो वर्षमा भविष्यवक्‍ता यर्मियाले महसेयाहका नाति नेरियाहका+ छोरा सिरायाहलाई एउटा आदेश दिए। त्यसबेला सिरायाह राजा सिदकियाहसँगै बेबिलोन गएका थिए। तिनी राजाका निजी प्रबन्धक थिए। ६० यर्मियाले बेबिलोनमाथि आइपर्ने सबै विपत्तिबारे एउटा पुस्तकमा लेखे। ती सबै कुरा बेबिलोनविरुद्ध लेखिएका थिए। ६१ यर्मियाले सिरायाहलाई यसो भने: “बेबिलोन पुगेपछि तिमीले यी सब कुरा ठूलो स्वरमा पढेर सुनाउनू। ६२ त्यसपछि यसो भन्‍नू, ‘हे यहोवा, यो ठाउँ नाश हुनेछ, यहाँ मानिस वा पशु कोही पनि बस्नेछैन र यो ठाउँ सदाको लागि उजाड हुनेछ भनेर तपाईँले भन्‍नुभएको छ।’+ ६३ यो पुस्तक पढ्‌न सिद्‌ध्याइसकेपछि यसमा एउटा ढुङ्‌गा बाँध्नू र युफ्रेटिस नदीको बीचमा फालिदिनू। ६४ त्यसपछि यसो भन्‍नू, ‘मैले बेबिलोनमाथि ल्याउने विपत्तिले गर्दा बेबिलोन यसरी नै डुब्नेछ र फेरि कहिल्यै माथि उत्रनेछैन।+ त्यहाँका बासिन्दाहरू थाकेर क्लान्त हुनेछन्‌।’”+

यर्मियाका शब्दहरू यहीँ टुङ्‌गिन्छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने