-
१ समुएल २:७, ८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ यहोवाले दरिद्र बनाउन सक्नुहुन्छ अनि धनी बनाउन पनि सक्नुहुन्छ;+
उहाँले पतन गराउन सक्नुहुन्छ अनि उच्च पार्न पनि सक्नुहुन्छ।+
८ उहाँले दीनदुःखीलाई धुलोबाट उठाउनुहुन्छ,
दरिद्रहरूलाई खरानीको थुप्रोबाट* निकाल्नुहुन्छ;+
उहाँले तिनीहरूलाई राजकुमारहरूसित बसाल्नुहुन्छ,
तिनीहरूलाई सम्मानको आसन दिनुहुन्छ।
पृथ्वीको जग यहोवाकै हो+
अनि उहाँले त्यसमाथि मलिलो माटो बिछ्याउनुभएको छ।
-
-
अय्युब ३४:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ अधिकार पाएको व्यक्तिलाई ओहदाबाट हटाएर अर्कोलाई नियुक्त गर्न
परमेश्वरले छानबिन गरिरहनुपर्दैन।+
-
-
यर्मिया २७:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ ‘यो पृथ्वी अनि यसमा भएका मानिस र जनावरहरू बनाउने मै हुँ। मैले आफ्नो अथाह शक्ति र बलियो पाखुराले ती बनाएँ। मैले जसलाई चाहेँ, त्यसैलाई ती सुम्पिदिएँ।+
-
-
दानिएल ७:१३, १४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ “रातीको दर्शनमा मैले हेरी नै रहेको थिएँ। तब हेर! आकाशका बादलहरूसँगै मानिसको छोराजस्तै+ कोही आइरहेको देखेँ र तिनलाई ‘अतिप्राचीन’-कहाँ+ जान अनुमति दिइयो र तिनलाई तिनीहरूले उहाँको अगाडि ल्याए। १४ अनि सबै राष्ट्रका र सबै भाषाका मानिसहरूले तिनको सेवा गरून्+ भनेर तिनलाई शासन गर्ने अधिकार, गौरव+ र राज्य दिइयो।+ तिनको शासन सदासर्वदै रहिरहने शासन हो र तिनको राज्य कहिल्यै नाश हुनेछैन।+
-