प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास ३०:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ त्यसपछि राजाको आदेशअनुसारै राजदूतहरू राजा र तिनका भारदारहरूको पत्र लिएर इस्राएल र यहुदाको सम्पूर्ण इलाकामा गए। उनीहरूले मानिसहरूलाई यस्तो सन्देश दिए: “हे इस्राएलका मानिसहरू हो, तिमीहरू अब्राहाम, इसहाक र इस्राएलका परमेश्‍वर यहोवातर्फ फर्क। यसो गऱ्‍यौ भने उहाँ पनि तिमीहरू, जो अस्सेरियाका राजाहरूको हातबाट बचेका छौ, तिमीहरूतर्फ फर्कनुहुनेछ।+

  • यसैया ५५:६, ७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ जबसम्म यहोवालाई भेट्टाउन सकिन्छ, उहाँलाई खोज।+

      उहाँ नजिक हुँदा नै उहाँलाई पुकार।+

       ७ दुष्ट मानिसले आफ्नो दुष्ट चाल त्यागोस्‌;+

      खराब काम गर्नेले आफ्नो खराब विचार त्यागोस्‌।

      ऊ यहोवाकहाँ फर्कोस्‌ र उहाँले उसलाई कृपा देखाउनुहुनेछ।+

      ऊ हाम्रा परमेश्‍वरकहाँ आओस्‌ किनकि उहाँले उसलाई खुला मनले क्षमा गर्नुहुनेछ।”+

  • होसे १२:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ “त्यसैले तिमीहरू आफ्ना परमेश्‍वरकहाँ फर्क,+

      अटल प्रेम र न्याय कायम राख+

      अनि सधैँ आफ्ना परमेश्‍वरमा आशा राख।

  • योएल २:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ “तैपनि,” यहोवा घोषणा गर्नुहुन्छ, “तिमीहरू सारा हृदयले मकहाँ फर्केर आओ।+

      तिमीहरू उपवास बस्दै+ र रोइकराइ गर्दै मकहाँ फर्क।

      १३ आफ्नो लुगा होइन+ तर हृदय च्यात+

      अनि यहोवा तिमीहरूका परमेश्‍वरकहाँ फर्क

      किनकि उहाँ दयालु र कृपालु हुनुहुन्छ अनि उहाँ हतपती रिसाउनुहुन्‍न+ र अटल प्रेमले* भरिपूर्ण हुनुहुन्छ+

      अनि उहाँले विनाश ल्याउने कुरामा पुनर्विचार गर्नुहुनेछ।*

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने