१६ गालिल समुद्रको छेउमा हिँड्दै गर्दा उहाँले सिमोन र तिनका भाइ अन्द्रियासलाई+ समुद्रमा जाल हान्दै गरेका देख्नुभयो।+ तिनीहरू जलारी थिए।+ १७ येसुले तिनीहरूलाई भन्नुभयो: “मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूको जलारी बनाउनेछु।”+ १८ उत्तिखेरै आफ्ना जालहरू छोडेर तिनीहरू उहाँको पछि लागे।+