प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति ६:२५-३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ “यसकारण म तिमीहरूलाई भन्छु: के खाऔँला वा के पिऔँला भनी आफ्नो जीवनको विषयमा वा के लगाऔँला भनी आफ्नो शरीरको विषयमा चिन्ता गर्न छोडिहाल।+ के भोजनभन्दा जीवन र लुगाफाटाभन्दा शरीर महत्त्वपूर्ण होइन?+ २६ आकाशका चराचुरुङ्‌गीलाई नियालेर हेर+ किनभने तिनीहरू न बिउ छर्छन्‌ न कटनी गर्छन्‌ न त भण्डारमै जम्मा गर्छन्‌ तैपनि स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरूभन्दा बहुमूल्य छैनौ? २७ तिमीहरूमध्ये कसले पो चिन्ता गरेर आफ्नो आयु एक हात* लम्ब्याउन सक्छौ र?+ २८ साथै लुगाफाटाको विषयमा पनि तिमीहरू किन चिन्ता गर्छौ? मैदानका लिली फूलहरू कसरी बढ्‌छन्‌, त्यो हेरेर पाठ सिक। तिनीहरू न परिश्रम गर्छन्‌ न त धागो कात्छन्‌। २९ तर म तिमीहरूलाई भन्छु, सारा वैभवले सुसज्जित सुलेमानसमेत+ यी फूलहरूमध्ये एउटा जति पनि सिँगारिएका थिएनन्‌। ३० यदि परमेश्‍वरले आज देखिने अनि भोलि चुल्होमा फ्याँकिने मैदानका बोटबिरुवालाई त यसरी पहिराउनुहुन्छ भने हे विश्‍वास कमजोर भएकाहरू हो, के उहाँले तिमीहरूलाई झनै पहिराउनुहुन्‍न?

  • फिलिप्पी ४:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ कुनै कुराको विषयमा चिन्तित नहोओ+ तर हरेक कुरामा प्रार्थना, उत्कट बिन्ती र धन्यवादका साथ आफ्नो निवेदन परमेश्‍वरसमक्ष जाहेर गर।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने