-
१ राजा १७:२०-२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० तिनले यहोवा परमेश्वरलाई पुकारेर यसो भने: “हे यहोवा! मेरा परमेश्वर!+ म जसकहाँ बस्दै छु, तिनीमाथि किन यत्रो विपत्ति ल्याउनुभयो? तपाईँले किन यस विधवाको छोराको ज्यान लिनुभयो?” २१ त्यसपछि तिनी त्यस बालकमाथि तीन पटक लम्पसार परे र यहोवा परमेश्वरलाई यसरी पुकारे: “हे यहोवा! मेरा परमेश्वर! बिन्ती छ, यस बालकलाई जिउँदो बनाइदिनुहोस्।” २२ यहोवा परमेश्वरले एलियाको बिन्ती सुन्नुभयो+ र त्यो बालक जिउँदो भयो।+ २३ तब एलिया बालकलाई लिएर तल ओर्ले र उसकी आमालाई दिँदै यसो भने: “हेर! तिम्रो छोरा जिउँदो भयो।”+
-
-
२ राजा ४:१३-१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ त्यसपछि एलिसाले गेहजिलाई भने: “उनलाई यसो भन, ‘तिमीले हाम्रो लागि धेरै दुःख गरेकी छ्यौ।+ भन, म तिम्रो निम्ति के गरिदिऊँ? तिम्रो निम्ति राजा वा सेनापतिसित कुरा गरिदिऊँ+ कि?’”+ तर ती स्त्रीले यस्तो जवाफ दिइन्: “होइन, मलाई केही समस्या छैन। म आफ्नै मानिसहरूमाझ ढुक्क भएर बसिरहेकी छु।” १४ एलिसाले गेहजिलाई सोधे: “उनको निम्ति के गर्न सकिएला त?” गेहजिले जवाफ दिए: “मालिक, ती स्त्रीको कुनै छोरा छैन+ र उनको पति पनि वृद्ध भइसकेका छन्।” १५ यो सुन्नेबित्तिकै एलिसाले भने: “उनलाई यहाँ बोलाऊ।” गेहजिले उनलाई बोलाए र उनी आएर ढोकानेर उभिइन्। १६ त्यसपछि एलिसाले उनलाई भने: “अर्को वर्ष यही समयतिर तिम्रो काखमा एउटा छोरो हुनेछ।”+ तर उनले भनिन्: “हे साँचो परमेश्वरका सेवक, मेरा मालिक! तपाईँकी यस दासीसँग झूट नबोल्नुहोस्।”
१७ नभन्दै ती स्त्री गर्भवती भइन् र अर्को वर्ष एलिसाले भनेकै समयमा एउटा छोरो जन्माइन्।
-