प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३२:३९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३९ हेर! म नै परमेश्‍वर हुँ,+

      मबाहेक अरू कोही ईश्‍वर छैन।+

      मार्ने पनि मै हुँ, जीवन दिने पनि मै हुँ।+

      चोट पुऱ्‍याउने पनि मै हुँ,+ निको पार्ने पनि मै हुँ,+

      मेरो हातबाट छुटाउन सक्ने कोही छैन।+

  • १ समुएल २:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ यहोवाले ज्यान लिन सक्नुहुन्छ अनि जीवन बचाउन* पनि सक्नुहुन्छ;

      उहाँले चिहानमा* पुऱ्‍याउन सक्नुहुन्छ अनि फेरि ब्युँताउन पनि सक्नुहुन्छ।+

  • २ राजा ४:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ एलिसा घरभित्र आउँदा तिनले आफ्नो खाटमा सुताइराखेको त्यो केटो मरिसकेको भेट्टाए।+

  • २ राजा ४:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ तिनी खाटमा चढे अनि त्यो केटोमाथि लमतन्‍न परे। तिनले आफ्नो मुख उसको मुखमा राखे, आफ्नो आँखा उसको आँखामा र आफ्नो हत्केला उसको हत्केलामा राखे। तिनी यसरी नै त्यो केटोमाथि लमतन्‍न परिरहे र केही बेरपछि उसको शरीर तातो हुँदै आयो।+

  • २ राजा १३:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ एकपटक केही मानिस लास गाड्‌दै थिए। त्यसैबेला तिनीहरूले लुटेराहरूको दल आइरहेको देखे। त्यसैले तिनीहरूले त्यो लास एलिसाको चिहानमा फ्याँकेर भागे। एलिसाका हड्डीहरू छोएपछि त्यो लास जिउँदो भयो+ र उभियो।

  • लुका ७:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तब त्यो मरेको मानिस उठेर बस्यो र बोल्न थाल्यो अनि येसुले उसलाई उसकी आमाको जिम्मा लगाउनुभयो।+

  • लुका ८:५४, ५५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५४ तर उहाँले उसको हात समातेर भन्‍नुभयो: “नानु, उठ!”+ ५५ तब उसको सास*+ फर्क्यो र ऊ जुरुक्कै उठी।+ त्यसपछि उसलाई केही खानेकुरा दिनू भनी उहाँले अह्राउनुभयो।

  • युहन्‍ना ५:२८, २९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ यसमा अचम्म नमान किनभने बेला आउँदै छ, जब चिहानमा* हुनेहरू सबैले उसको स्वर सुन्‍नेछन्‌+ २९ र बाहिर निस्किआउनेछन्‌। ज-जसले असल काम गरे, तिनीहरू जीवन पाउनको लागि फेरि जीवित हुनेछन्‌ भने ज-जसले खराब काम गरे, तिनीहरू न्याय गरिनको लागि फेरि जीवित हुनेछन्‌।+

  • युहन्‍ना ११:४४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४४ त्यो मरेको मानिस उसको हातखुट्टा कपडाले बेरिएकै अवस्थामा उठेर आयो अनि उसको अनुहारमा पनि कपडा बेरिएको थियो। येसुले तिनीहरूलाई भन्‍नुभयो: “उसलाई फुकाइदेओ र जान देओ।”

  • प्रेषित ९:४०, ४१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४० तब पत्रुसले सबैलाई बाहिर पठाए+ अनि घुँडा टेकेर प्रार्थना गरे। त्यसपछि तिनले लासतिर फर्कँदै यसो भने: “तबिता, उठ!” उनले आफ्नो आँखा उघारिन्‌ र पत्रुसलाई देखेपछि उठेर बसिन्‌।+ ४१ तब तिनले आफ्नो हात दिएर उनलाई उठाए अनि पवित्र जन र विधवाहरूलाई बोलाएर जीवित भइसकेकी तबिता तिनीहरूलाई जिम्मा लगाए।+

  • प्रेषित २०:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ युटाइकस नाम गरेको एक जना ठिटो झ्यालमा बसेका थिए। पावलले कुरा गरिरहँदा उनी निद्राले झुल्न थाले र भुसुक्कै निदाएर तीन तला माथिबाट खसेर मरे। १० तब पावल तल ओर्लेर उनीमाथि लम्पसार परे अनि उनलाई अङ्‌गालो हालेर+ भने: “शान्त होओ किनकि ऊ जिउँदै छ।”+

  • रोमी १४:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ ख्रिष्ट यही कारणले मर्नुभयो र फेरि जीवित हुनुभयो ताकि मरेका अनि जिउँदा दुवैको उहाँ प्रभु हुन सकून्‌।+

  • हिब्रू ११:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ विश्‍वासैले गर्दा अब्राहामले आफ्नो परीक्षा हुँदा+ इसहाकलाई झन्डै बलि चढाइसकेका थिए—प्रतिज्ञाहरू खुसीसाथ स्विकारेका यी मानिस आफ्नो एक मात्र छोरालाई बलि चढाउन ठिक्क परेका थिए+—

  • हिब्रू ११:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तर पनि तिनलाई थाह थियो, परमेश्‍वरले इसहाकलाई मृत्युबाट समेत ब्युँताउन सक्नुहुन्छ। अनि तिनले आफ्नो छोरालाई साँच्चै फिर्ता पाए, जुन पछि हुने कुराको नमुना बन्यो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने