-
लुका ११:२९-३२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ भीड जम्मा हुन थालेपछि उहाँले यसो भन्न सुरु गर्नुभयो: “यो पुस्ता दुष्ट पुस्ता हो। यसले चिन्ह खोज्छ तर यसलाई योनाको चिन्हबाहेक अरू कुनै चिन्ह दिइनेछैन।+ ३० जसरी योना+ निनवेवासीहरूका लागि चिन्ह भए, त्यसरी नै मानिसको छोरा पनि यस पुस्ताको लागि चिन्ह हुनेछ। ३१ न्यायको बेला दक्षिणकी महारानी+ यस पुस्ताका मानिसहरूसँगै खडा हुनेछिन् र यिनीहरूलाई दोषी ठहराउनेछिन् किनभने सुलेमानका बुद्धिका कुराहरू सुन्न तिनी पृथ्वीको पल्लो छेउबाट आइन्। तर हेर! सुलेमानभन्दा पनि ठूलो कोही एक जना यहाँ छ।+ ३२ न्यायको बेला निनवेका मानिसहरू यो पुस्तासँगै खडा हुनेछन् र यसलाई दोषी ठहराउनेछन् किनभने योनाले प्रचार गर्दा तिनीहरूले पश्चात्ताप गरे।+ तर हेर! योनाभन्दा पनि ठूलो कोही एक जना यहाँ छ।
-