-
१ पत्रुस २:६-८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ किनकि धर्मशास्त्रमा यस्तो लेखिएको छ: “हेर, म सियोनमा एउटा चुनिएको ढुङ्गो बसाल्दै छु, जुन जगको कुनाको अनमोल ढुङ्गो हो; त्यसमाथि विश्वास गर्ने कोही पनि कहिल्यै निराश हुनेछैन।”*+
७ त्यसैले तिमीहरूको निम्ति उहाँ अनमोल हुनुहुन्छ किनकि तिमीहरूले उहाँमाथि विश्वास गऱ्यौ तर विश्वास नगर्नेहरूको निम्ति भने “जुन ढुङ्गोलाई डकर्मीहरूले काम नलाग्ने ठाने,+ त्यही ढुङ्गो नै कुनाको शिरढुङ्गो बनेको छ”+ ८ अनि “ठेस लाग्ने ढुङ्गो र ठक्कर दिने चट्टान” बनेको छ।+ तिनीहरू ठेस खान्छन् किनकि तिनीहरू परमेश्वरको वचन पालन गर्दैनन्। तिनीहरूको अन्त यसरी नै हुनुपर्ने हो।
-