१४ अनि तिमीहरू भन्छौ, ‘हामीले त्यस्तो के गऱ्यौँ र?’ तिमीहरूले बैँसमा बिहे गरेको आफ्नी पत्नीलाई विश्वासघात गऱ्यौ र यहोवा परमेश्वर यसको साक्षी हुनुहुन्छ। तिमीहरूले आफ्नी सहयोगी, आफ्नी पत्नीलाई धोका दियौ, जससित तिमीहरूले करार गरेका थियौ।*+
३२ तर म तिमीहरूलाई भन्छु, अवैध यौनसम्बन्धबाहेक* अन्य कारणले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्नेले उनलाई व्यभिचार गर्ने जोखिममा पार्छ र जसले त्यसरी सम्बन्धविच्छेद भएकी स्त्रीसित विवाह गर्छ, त्यसले व्यभिचार गरेको ठहरिन्छ।+
११ उहाँले तिनीहरूलाई भन्नुभयो: “जसले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्छ र अर्कीसित विवाह गर्छ, उसले व्यभिचार* गरेर+ आफ्नी पत्नीको हक खोसेको ठहरिन्छ। १२ अनि यदि कुनै स्त्रीले आफ्नो पतिसित सम्बन्धविच्छेद गरेर अर्कोसित विवाह गर्छे भने उसले व्यभिचार गरेको ठहरिन्छ।”+
१८ “जसले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्छ र अर्कीसित विवाह गर्छ, उसले व्यभिचार* गरेको ठहरिन्छ। अनि जसले पतिसित सम्बन्धविच्छेद भएकी स्त्रीसित विवाह गर्छ, उसले व्यभिचार गरेको ठहरिन्छ।+
३ त्यसैले आफ्नो पति जिउँदो छँदै उसले अर्को पुरुषसित विवाह गरी भने उसले व्यभिचार* गरेकी हुन्छे।+ तर यदि उसको पति मऱ्यो भने ऊ आफ्नो पतिको व्यवस्थाबाट मुक्त हुन्छे, त्यसैले उसले अर्को पुरुषसित विवाह गरी भने पनि उसले व्यभिचार गरेकी हुँदिन।+
४ विवाहलाई सबैले आदरणीय ठानून्, वैवाहिक सम्बन्ध नबिटुलिओस्।+ किनकि अवैध यौनसम्बन्ध* राख्ने अनि व्यभिचार* गर्ने मानिसहरूलाई परमेश्वरले न्याय गर्नुहुनेछ।+