८ महिमाले भरिएपछि सेनाहरूका यहोवाले तिमीलाई लुट्ने राष्ट्रकहाँ मलाई पठाउनुभयो।+ उहाँ यसो भन्नुहुन्छ: ‘जसले तिमीलाई छुन्छ, उसले मेरो आँखाको नानीलाई* छुन्छ।+
४ अनि तिनी भुईँमा पछारिए र तिनले यस्तो आवाज सुने: “सावल, ए सावल, तिमी किन मेरो खेदो गर्दै छौ?” ५ तिनले सोधे: “प्रभु, तपाईँ को हुनुहुन्छ?” उहाँले भन्नुभयो: “म येसु हुँ,+ जसको तिमीले खेदो गरिरहेका छौ।+