-
लुका ३:२-६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ हन्नास र कैयाफा+ मुख्य पुजारी थिए। ती दिनमा जकरियाका छोरा युहन्ना+ निर्जनभूमिमा+ छँदा परमेश्वरको वचन तिनीकहाँ आयो।
३ त्यसैले तिनी यर्दनवरिपरिका सबै ठाउँमा गए र मानिसहरूलाई आफ्ना पापको पश्चात्ताप गरेर क्षमा माग्न र त्यसको प्रतीकस्वरूप बप्तिस्मा गर्न प्रचार गरे,+ ४ जस्तो भविष्यवक्ता यसैयाको पुस्तकमा लेखिएको छ: “उजाड ठाउँमा कोही यसो भन्दै कराइरहेको छ, ‘यहोवाको* बाटो तयार पार, उहाँको मार्ग सोझो बनाओ।+ ५ हरेक बेँसी पुरियोस्, हरेक पहाड र हरेक डाँडा समतल बनाइयोस्, घुम्तीहरू सोझा पारिऊन् अनि खाल्टाखुल्टी परेका बाटाहरू सम्म बनाइऊन्। ६ तब परमेश्वरले गर्नुहुने उद्धार सबै मानिसले देख्नेछन्।’”+
-