३ उजाड ठाउँमा कोही यसो भन्दै कराइरहेको छ,
“यहोवाको बाटो तयार पार!+
हाम्रा परमेश्वरका लागि मरुभूमिमा सम्म परेको मूलबाटो बनाऊ।+
४ हरेक बेँसी अग्लो बनाइयोस्।
हरेक पहाड र हरेक डाँडा होच्याइयोस्।
खाल्टाखुल्टी परेको बाटो सम्म पारियोस्
र खल्ड्याङखुल्डुङ परेको जमिनलाई समतल बनाइयोस्।+
५ यहोवाको महिमा प्रकट हुनेछ।+
सबै मानिसले त्यो देख्नेछन्+
किनकि यहोवाले नै यो कुरा भन्नुभएको हो।”