४२ अनि तुरुन्तै उसको कुष्ठरोग हरायो र ऊ शुद्ध भयो। ४३ त्यसपछि उहाँले उसलाई कडा आदेश दिनुभयो र त्यहाँबाट तुरुन्तै पठाउनुभयो ४४ अनि यसो भन्नुभयो: “यसबारे कसैलाई केही नभन तर गएर पुजारीलाई देखाऊ अनि आफू शुद्ध भएँ भनी तिनीहरूलाई साक्षी दिन+ मोसाको निर्देशनबमोजिम भेटी चढाऊ।”+
३५ तब ऊ फेरि सुन्न सक्ने भयो+ अनि उसको बोली पनि ठीक भयो र ऊ प्रस्ट बोल्न थाल्यो। ३६ अनि उहाँले तिनीहरूलाई यो कुरा कसैलाई नबताउनू भनी चेतावनी दिनुभयो+ तर उहाँ जति मनाही गर्नुहुन्थ्यो, तिनीहरू झन् त्यति नै उहाँको कुरा फैलाउँदै हिँड्थे।+