प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लुका ४:३१-३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ त्यसपछि उहाँ गालिलको कफर्नहुम सहरतिर ओर्लनुभयो। अनि विश्रामदिनमा तिनीहरूलाई सिकाउन थाल्नुभयो।+ ३२ उहाँको सिकाउने तरिका देखेर तिनीहरू छक्क परे+ किनकि उहाँ अख्तियारका साथ बोलिरहनुभएको थियो। ३३ प्रेतले* सताएको एक जना मानिस पनि त्यही सभाघरमा थियो र ऊ यसो भन्दै चिच्याउन थाल्यो:+ ३४ “हे नासरी येसु,+ तपाईँको हामीसित के सरोकार?* के तपाईँ हामीलाई नाश गर्न आउनुभएको हो? तपाईँ वास्तवमा को हुनुहुन्छ, मलाई थाह छ। तपाईँ परमेश्‍वरको पवित्र जन हुनुहुन्छ।”+ ३५ तर येसुले त्यसलाई हप्काउँदै भन्‍नुभयो: “चुप लाग्‌ र ऊबाट बाहिर निस्केर आइज।” तब त्यस प्रेतले उसलाई सबैको अगाडि पछाऱ्‍यो र उसलाई कुनै चोट नपुऱ्‍याई बाहिर निस्क्यो। ३६ यो देखेर सबै जना तीनछक परे अनि यसो भन्दै आपसमा कुरा गर्न लागे: “हेर त, उहाँको वचनमा कत्ति शक्‍ति रहेछ! किनकि उहाँ प्रेतहरूलाई अख्तियार अनि शक्‍तिका साथ हुकुम गर्नुहुन्छ र तिनीहरू बाहिर निस्कन्छन्‌।” ३७ यसरी वरपरका सबै ठाउँको कुनाकाप्चासम्म उहाँको विषयमा चर्चा चल्न थाल्यो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने