-
मत्ति १८:१-५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ त्यसबेला चेलाहरू येसुको नजिक आए र उहाँलाई सोधे: “स्वर्गको राज्यमा सबैभन्दा ठूलो को हुनेछ?”+ २ तब येसुले एउटा सानो बालकलाई बोलाएर तिनीहरूको बीचमा उभ्याउनुभयो ३ र भन्नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, यदि तिमीहरू बदलिएर साना केटाकेटीजस्ता भएनौ भने+ स्वर्गको राज्यमा कुनै पनि हालतमा पस्न पाउनेछैनौ।+ ४ त्यसकारण जसले आफूलाई यो सानो बालकजस्तै नम्र तुल्याउँछ, ऊ नै स्वर्गको राज्यमा सबैभन्दा ठूलो हुनेछ+ ५ अनि जसले मेरो नाममा यस्तै एउटा सानो बालकलाई स्विकार्छ, उसले मलाई पनि स्विकार्छ।
-
-
लुका ९:४६-४८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४६ तब आफूहरूमध्ये सबैभन्दा ठूलो को हो भनेर चेलाहरूमाझ बहस चल्न थाल्यो।+ ४७ तिनीहरूको हृदयको कुरा थाह पाएर येसुले एउटा सानो बालकलाई बोलाउनुभयो र आफ्नो छेउमा उभ्याएर ४८ तिनीहरूलाई भन्नुभयो: “जसले मेरो नाममा यो सानो बालकलाई स्विकार्छ, उसले मलाई पनि स्विकार्छ अनि जसले मलाई स्विकार्छ, उसले मलाई पठाउनुहुनेलाई पनि स्विकार्छ।+ जसले तिमीहरूबीच आफूलाई सबैभन्दा सानो सम्झेर व्यवहार गर्छ, उही ठूलो हो।”+
-