प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १८:१-५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ त्यसबेला चेलाहरू येसुको नजिक आए र उहाँलाई सोधे: “स्वर्गको राज्यमा सबैभन्दा ठूलो को हुनेछ?”+ २ तब येसुले एउटा सानो बालकलाई बोलाएर तिनीहरूको बीचमा उभ्याउनुभयो ३ र भन्‍नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, यदि तिमीहरू बदलिएर साना केटाकेटीजस्ता भएनौ भने+ स्वर्गको राज्यमा कुनै पनि हालतमा पस्न पाउनेछैनौ।+ ४ त्यसकारण जसले आफूलाई यो सानो बालकजस्तै नम्र तुल्याउँछ, ऊ नै स्वर्गको राज्यमा सबैभन्दा ठूलो हुनेछ+ ५ अनि जसले मेरो नाममा यस्तै एउटा सानो बालकलाई स्विकार्छ, उसले मलाई पनि स्विकार्छ।

  • मर्कुस ९:३३-३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ तब उहाँहरू कफर्नहुम पुग्नुभयो। अनि उहाँ घरभित्र छँदा उहाँले तिनीहरूलाई सोध्नुभयो: “बाटोमा तिमीहरू के कुरामा बहस गर्दै थियौ?”+ ३४ तिनीहरू चुपचाप बसे किनकि तिनीहरू बाटोमा आफूहरूमध्ये को ठूलो हो भनेर बहस गर्दै थिए। ३५ तब उहाँ बस्नुभयो अनि ती १२ जनालाई बोलाएर भन्‍नुभयो: “यदि कोही सबैभन्दा ठूलो बन्‍न चाहन्छ भने ऊ सबैभन्दा सानो बन्‍नै पर्छ र सबैको सेवक हुनै पर्छ।”+ ३६ उहाँले एउटा सानो बालकलाई ल्याएर तिनीहरूको बीचमा उभ्याउनुभयो र उसलाई अङ्‌गालो हाल्दै तिनीहरूलाई यसो भन्‍नुभयो: ३७ “जसले मेरो नाममा यस्तै कोही एउटा सानो बालकलाई स्विकार्छ,+ उसले मलाई पनि स्विकार्छ; अनि जसले मलाई स्विकार्छ, उसले मलाई मात्र होइन तर मलाई पठाउनुहुनेलाई पनि स्विकार्छ।”+

  • लुका २२:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ तिनीहरूमध्ये सबैभन्दा ठूलो कसलाई मान्‍ने भनेर तिनीहरूबीच चर्को बहस पनि चल्यो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने