-
मत्ति २७:२०-२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० तर मुख्य पुजारीहरू र धर्मगुरुहरूले बरब्बालाई छोडिदिने+ र येसुलाई चाहिँ मार्ने माग गर्न भीडलाई उक्साए।+ २१ राज्यपालले तिनीहरूलाई फेरि एक चोटि सोधे: “मैले यी दुईमध्ये कसलाई मुक्त गरेको तिमीहरू चाहन्छौ?” तिनीहरूले जवाफ दिए: “बरब्बालाई।” २२ पिलातसले तिनीहरूलाई भने: “त्यसोभए ख्रिष्ट भनिने यस येसुलाई म के गरूँ त?” तिनीहरू सबैले जवाफ दिए: “त्यसलाई खम्बामा टाँग्नुहोस्!”+ २३ तिनले भने: “किन? उसले के खराब काम गऱ्यो र?” तर तिनीहरू यसो भन्दै झन् चिच्याउन थाले: “त्यसलाई खम्बामा टाँग्नुहोस्!”+
-
-
प्रेषित ३:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ हो, तपाईँहरूले ती पवित्र अनि धर्मी मानिसलाई इन्कार गर्नुभयो र उहाँको सट्टामा एक जना हत्यारालाई मुक्त गरिदिने माग गर्नुभयो+
-