-
मत्ति २७:३९-४२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३९ त्यो बाटो भएर गइरहेका बटुवाहरूले आफ्नो मुन्टो हल्लाएर खिसी गर्दै+ ४० यसो भने: “मन्दिर भत्काएर तीन दिनमा बनाउँछु भनेर तँ खुब फुइँ लगाउँथिस् हैन,+ लौ आफैलाई बचाएर देखा! तँ परमेश्वरको छोरा होस् भने यातनाको खम्बाबाट* ओर्लेर आइज!”+ ४१ मुख्य पुजारीहरूका साथै शास्त्रीहरू अनि धर्मगुरुहरूले पनि यसो भन्दै उहाँको ठट्टा गरे:+ ४२ “यसले अरूलाई त बचायो तर आफैलाई भने बचाउन सकेन। यो त इस्राएलको राजा हो नि;+ यो अब यातनाको खम्बाबाट* ओर्लेर आओस्, त्यसपछि हामी यसलाई पत्याऔँला।
-
-
मर्कुस १४:५८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५८ “यसले यसो भनेको हामीले सुन्यौँ, ‘मानिसको हातले बनाएको यो मन्दिर म भत्काउनेछु अनि मानिसको हातले नबनाएको अर्को मन्दिर तीन दिनमा बनाउनेछु।’”+
-