-
युहन्ना १:२६, २७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ युहन्नाले तिनीहरूलाई जवाफ दिए: “म पानीमा बप्तिस्मा गराउँछु। तिमीहरूमाझ एक जना हुनुहुन्छ, जसलाई तिमीहरू चिन्दैनौ। २७ उहाँ मपछि आउँदै हुनुहुन्छ, जसको जुत्ताको फित्ता फुकाल्न समेत म लायकको छैनँ।”+
-
-
प्रेषित १३:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ तर आफ्नो सेवाको अन्ततिर युहन्ना तिनीहरूलाई यसरी सोध्ने गर्थे: ‘तिमीहरू मलाई को भन्ठान्छौ? म उहाँ होइनँ। तर हेर, एक जना आउँदै हुनुहुन्छ, जसको खुट्टाको जुत्ता फुकाल्न समेत म लायकको छैनँ।’+
-