प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस १:२३-२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ त्यसबेला प्रेतले* सताएको एक जना मानिस पनि तिनीहरूको सभाघरमा थियो अनि उसले चिच्याउँदै यसो भन्यो: २४ “हे नासरी येसु, तपाईँको हामीसित के सरोकार?*+ के तपाईँ हामीलाई नाश गर्न आउनुभएको हो? तपाईँ वास्तवमा को हुनुहुन्छ, मलाई थाह छ। तपाईँ परमेश्‍वरको पवित्र जन हुनुहुन्छ!”+ २५ तर येसुले त्यसलाई हप्काउँदै भन्‍नुभयो: “चुप लाग्‌ र ऊबाट बाहिर निस्केर आइज!”

  • मर्कुस ३:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ प्रेतले* सताएका मानिसहरूसमेत+ उहाँलाई देख्नेबित्तिकै दण्डवत्‌ गर्दै यसो भनेर कराउँथे: “तपाईँ परमेश्‍वरको छोरा हुनुहुन्छ!”+ १२ तर उहाँ को हुनुहुन्छ भनेर कसैलाई नभन्‍नू भनी उहाँले धेरै चोटि तिनीहरूलाई कडा चेतावनी दिनुभयो।+

  • लुका ४:३३-३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ प्रेतले* सताएको एक जना मानिस पनि त्यही सभाघरमा थियो र ऊ यसो भन्दै चिच्याउन थाल्यो:+ ३४ “हे नासरी येसु,+ तपाईँको हामीसित के सरोकार?* के तपाईँ हामीलाई नाश गर्न आउनुभएको हो? तपाईँ वास्तवमा को हुनुहुन्छ, मलाई थाह छ। तपाईँ परमेश्‍वरको पवित्र जन हुनुहुन्छ।”+ ३५ तर येसुले त्यसलाई हप्काउँदै भन्‍नुभयो: “चुप लाग्‌ र ऊबाट बाहिर निस्केर आइज।” तब त्यस प्रेतले उसलाई सबैको अगाडि पछाऱ्‍यो र उसलाई कुनै चोट नपुऱ्‍याई बाहिर निस्क्यो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने