६ येसु बेथानीमा कुष्ठरोगी सिमोनको घरमा हुनुहुँदा+७ एउटी स्त्री अलाबास्टरको* भाँडोमा महँगो सुगन्धित तेल लिएर उहाँकहाँ आई र उहाँ खान बसिरहनुभएको बेला उहाँको शिरमा त्यो खन्याउन थाली।
३ उहाँ बेथानीमा कुष्ठरोगी सिमोनको घरमा खान बसिरहनुभएको बेला एउटी स्त्री अलाबास्टरको* भाँडोमा असल जटामसीको असाध्यै महँगो सुगन्धित तेल लिएर आई। त्यसपछि उसले अलाबास्टरको भाँडो खोलेर उहाँको शिरमा तेल खन्याउन थाली।+
३ तब मरियमले आधा लिटरजति* असल जटामसीको असाध्यै महँगो सुगन्धित तेल ल्याएर येसुको पाउमा खन्याइन् र आफ्नो केशले उहाँको पाउ पुछिन्। अनि पूरै घर सुगन्धित तेलको मगमग बास्नाले भरियो।+