प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १७:१-८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ छ दिनपछि येसुले पत्रुस, याकुब र तिनको भाइ युहन्‍नालाई एउटा अग्लो डाँडामा लैजानुभयो र त्यहाँ तिनीहरूबाहेक अरू कोही थिएन।+ २ तब तिनीहरूको अगाडि उहाँको रूप परिवर्तन भयो। उहाँको मुहार सूर्यजस्तै उज्यालो र लुगाचाहिँ ज्योतिजस्तै चहकिलो* भयो।+ ३ अनि हेर! तिनीहरूसामु मोसा र एलिया देखिए, जो उहाँसित कुराकानी गर्दै थिए। ४ तब पत्रुसले येसुलाई भने: “प्रभु, हामी यहाँ हुनु हाम्रो लागि खुसीको कुरा हो। यदि तपाईँ चाहनुहुन्छ भने म यहाँ तीन वटा पाल टाँग्नेछु, एउटा तपाईँको लागि, एउटा मोसाको लागि अनि एउटा एलियाको लागि।” ५ तिनी बोल्दै गर्दा हेर! चहकिलो बादलले तिनीहरूलाई ढाक्यो अनि बादलबाट यस्तो आवाज आयो: “यिनी मेरो प्यारो छोरा हुन्‌, जसलाई मैले स्विकारेको छु।+ तिमीहरूले उनको कुरा सुन।”+ ६ यो सुनेर चेलाहरू घोप्टो परे अनि असाध्यै डराए। ७ तब नजिकै गएर येसुले तिनीहरूलाई छुँदै भन्‍नुभयो: “नडराओ, उठ।” ८ तिनीहरूले आफ्नो शिर उठाएर हेर्दा त्यहाँ येसुबाहेक अरू कसैलाई देखेनन्‌।

  • मर्कुस ९:२-८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ छ दिनपछि येसुले पत्रुस, याकुब र युहन्‍नालाई एउटा अग्लो डाँडामा लैजानुभयो र त्यहाँ तिनीहरूबाहेक अरू कोही थिएन। तब तिनीहरूको अगाडि उहाँको रूप परिवर्तन भयो।+ ३ उहाँको लुगा यति सेतो र चम्किलो भयो कि त्यति सेतो त संसारको कुनै पनि धोबीले बनाउन सक्दैन। ४ साथै एलिया र मोसा एकसाथ तिनीहरूसामु देखिए र उनीहरू येसुसित कुराकानी गरिरहेका थिए। ५ तब पत्रुसले येसुलाई भने: “रब्बी, हामी यहाँ हुनु हाम्रो लागि खुसीको कुरा हो। त्यसैले हामीलाई तीन वटा पाल टाँग्न दिनुहोस्‌। एउटा तपाईँको लागि, एउटा मोसाको लागि अनि एउटा एलियाको लागि।” ६ वास्तवमा तिनी के भन्‍ने भनेर अलमल्लमा परेका थिए किनकि तिनीहरू असाध्यै डराएका थिए। ७ अनि बादलले तिनीहरूलाई ढाक्यो र बादलबाट यस्तो आवाज आयो:+ “यिनी मेरो प्यारो छोरा हुन्‌।+ उनको कुरा सुन।”+ ८ यो सुन्‍नेबित्तिकै तिनीहरूले यताउता हेरे तर तिनीहरूले येसुबाहेक अरू कसैलाई देखेनन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने