१३ अनि तिमीहरू आफ्नो शरीरलाई* कुकर्मको हतियारको रूपमा पापलाई नसुम्प। तर मृत्युबाट ब्युँतेका मानिसहरूको नाताले तिमीहरू आफूलाई परमेश्वरलाई सुम्प अनि आ-आफ्नो शरीरलाई* पनि धार्मिकताको* हतियारको रूपमा परमेश्वरलाई सुम्प।+
४ तर हामीप्रतिको गहिरो प्रेमले गर्दा+ कृपाका धनी परमेश्वरले+५ हामी आफ्ना अपराधहरूले गर्दा मरेको+ भए तापनि हामीलाई जीवित पार्नुभयो र ख्रिष्ट येसुसित एकतामा गाँस्नुभयो। उहाँको असीम अनुग्रहले गर्दा तिमीहरूको उद्धार भयो।