२६ “अनि ६२ हप्तापछि मसीहलाई मारिनेछ+ र तिनीसित केही पनि बाँकी रहनेछैन।+
“अनि आउँदै गरेका सेनापतिको सेनाले त्यस सहरलाई र पवित्र ठाउँलाई नाश गर्नेछ।+ बाढीले त्यसलाई नाश गर्नेछ। अनि त्यहाँ अन्तसम्मै युद्ध हुनेछ। परमेश्वरले त्यसलाई नाश गर्ने निश्चय गरिसक्नुभएको छ।+
१५ “त्यसैले जब तिमीहरूले उजाड पार्ने घृणित कुरा, जसबारे भविष्यवक्ता दानिएलले भनेका थिए, पवित्र ठाउँमा खडा भएको देखौला,+ (पढ्नेले समझ चलाओस्) १६ तब यहुदियामा हुनेहरू डाँडाहरूतिर भाग्न थालून्।+