प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २६:१४-१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तब ती १२ जनामध्ये एक, जसको नाम यहुदा इस्करियोत हो,+ तिनी मुख्य पुजारीहरूकहाँ गए+ १५ र भने: “मैले उहाँलाई धोका दिएर तपाईँहरूको हातमा सुम्पेँ भने तपाईँहरू मलाई के दिनुहुन्छ?”+ तिनीहरूले तिनलाई ३० टुक्रा चाँदी दिने कबुल गरे।+ १६ त्यसैले त्यस बेलादेखि तिनले उहाँलाई धोका दिने मौका खोज्न थाले।

  • मर्कुस १४:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तब ती १२ जनामध्ये एक, यहुदा इस्करियोत उहाँलाई धोका दिएर मुख्य पुजारीहरूको हातमा सुम्पिन उनीहरूकहाँ गए।+ ११ यो सुनेर उनीहरू खुसी भए अनि तिनलाई चाँदीको पैसा दिने वाचा गरे।+ त्यसैले तिनले उहाँलाई धोका दिने मौका खोज्न थाले।

  • युहन्‍ना ६:७०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७० येसुले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू १२ जनालाई मैले नै छानेको थिएँ, होइन र?+ तर तिमीहरूमध्ये एक जना निन्दक हौ।”*+

  • युहन्‍ना १३:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ साँझको भोज चलिरहेको थियो। यतिन्जेलसम्ममा दियाबलले सिमोनको छोरा यहुदा इस्करियोतको हृदयमा उहाँलाई धोका दिने विचार हालिदिइसकेको थियो।+

  • युहन्‍ना १३:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ तिनले रोटीको टुक्रा लिएपछि सैतान तिनीभित्र पस्यो।+ त्यसकारण येसुले तिनलाई भन्‍नुभयो: “तिमी जे गर्दै छौ, झट्टै सिद्‌ध्याइहाल।”

  • प्रेषित १:१६, १७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ “भाइहरू हो, दाउदले पवित्र शक्‍तिद्वारा भनेको वचन पूरा हुनै पर्छ। तिनले त्यस यहुदाको विषयमा भविष्यवाणी गरेका थिए,+ जसले सैनिकहरू लगेर येसुलाई गिरफ्तार गरायो।+ १७ त्यसको गन्ती हामीसँगै हुने गर्थ्यो+ र त्यसले हामीसँगसँगै सेवा गर्थ्यो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने