१४ “तिमीहरूले वर्षमा तीन पल्ट मेरो निम्ति चाड मनाउनू।+१५ तिमीहरूले अखमिरा रोटीको चाड* मनाउनू।+ मैले आज्ञा गरेझैँ तिमीहरूले सात दिनसम्म खमिर* नहालेको रोटी खानू।+ अबिब* महिनाको तोकिएको समयमा तिमीहरूले त्यो खानू किनभने त्यही महिना तिमीहरू मिश्रबाट निस्केर आएका थियौ। मकहाँ कोही पनि खाली हात नआओस्।+
१६ “तिमीहरूमाझ भएका सबै पुरुष वर्षको तीन पटक यहोवा परमेश्वरले रोज्नुभएको ठाउँमा उहाँसामु भेला होऊन्: अखमिरा रोटीको चाडमा,*+ हप्ताहरूको चाडमा+ र झुप्रोबासको चाडमा।+ यहोवा परमेश्वरसामु तिनीहरू कोही पनि खाली हात नजाऊन्।