२६ त्यसपछि परमेश्वरले भन्नुभयो: “आऊ, मानिसलाई हाम्रै+ स्वरूपमा,+ हामीजस्तै+ बनाऔँ। तिनीहरूले समुद्रका माछा, आकाशमा उड्ने जीवहरू, घरपालुवा जनावर, घस्रने जीवजन्तु र सारा पृथ्वीमाथि अधिकार गरून्।”+
६ तर वास्तवमा हाम्रो लागि परमेश्वर एकै जना हुनुहुन्छ,+ जो बुबा हुनुहुन्छ+ र जसबाट सबै कुरा भए अनि हामी उहाँकै लागि हौँ।+ अनि प्रभु एकै जना हुनुहुन्छ, जो येसु ख्रिष्ट हुनुहुन्छ र जसद्वारा सबै कुरा भए+ अनि हामी उहाँद्वारै भयौँ।
१६ किनकि उहाँद्वारै स्वर्ग अनि पृथ्वीका अरू सबै थोक सृष्टि भए, चाहे ती दृश्य होऊन् वा अदृश्य+ अथवा चाहे ती सिंहासनहरू, प्रभुत्वहरू, सरकारहरू वा अख्तियारहरू नै किन नहोऊन्। अरू सबै थोक उहाँद्वारै+ अनि उहाँकै निम्ति सृष्टि भएका हुन्।
२ यी दिनहरूको अन्तमा चाहिँ उहाँ हामीसित आफ्नो छोरामार्फत बोल्नुभएको छ,+ जसलाई उहाँले सबै कुराको उत्तराधिकारी तुल्याउनुभयो+ र जसद्वारा उहाँले स्वर्ग र पृथ्वीका सबै कुरा बनाउनुभयो।*+