-
मत्ति १४:१९-२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ त्यसपछि उहाँले भीडलाई घाँस भएको ठाउँमा बस्न भन्नुभयो अनि पाँच वटा रोटी र दुई वटा माछा लिई स्वर्गतिर हेरेर प्रार्थना गर्नुभयो+ अनि रोटी भाँचिसकेपछि चेलाहरूलाई दिनुभयो र चेलाहरूले भीडलाई बाँडे। २० तिनीहरू सबैले पेटभरि खाए अनि उब्रेको टुक्राटाक्री जम्मा गर्दा १२ डाला भरिए।+ २१ खाने मानिसहरू स्त्री र साना केटाकेटीबाहेक लगभग ५ हजार थिए।+
-
-
मर्कुस ६:३९-४४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३९ अनि उहाँले सबै मानिसलाई हरियो घाँसमा समूह-समूह बनाएर बस्न अह्राउनुभयो।+ ४० अनि तिनीहरू १००-१०० र ५०-५० को समूह बनाएर बसे। ४१ त्यसपछि उहाँले पाँच वटा रोटी र दुई वटा माछा लिई स्वर्गतिर हेरेर प्रार्थना गर्नुभयो+ अनि मानिसहरूलाई बाँड्नको लागि रोटी भाँचेर चेलाहरूलाई दिन थाल्नुभयो र दुई वटा माछा पनि सबैका लागि भाग लगाउनुभयो। ४२ तिनीहरू सबैले पेटभरि खाए। ४३ अनि तिनीहरूले उब्रेको टुक्राटाक्री बटुल्दा १२ डाला भरिए र यसबाहेक माछा पनि उब्रेको थियो।+ ४४ रोटी खानेहरूमा ५ हजार पुरुष थिए।
-
-
लुका ९:१४-१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ त्यहाँ लगभग ५ हजार पुरुष थिए। उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो: “तिनीहरूलाई ५०-५० जना जतिको समूह बनाएर बस्न लगाओ।” १५ तिनीहरूले त्यसै गरे र सबैलाई बस्न लगाए। १६ त्यसपछि उहाँले पाँच वटा रोटी र दुई वटा माछा लिई स्वर्गतिर हेरेर प्रार्थना गर्नुभयो अनि भीडलाई बाँड्नको लागि ती भाँचेर चेलाहरूलाई दिन थाल्नुभयो। १७ तिनीहरू सबैले पेटभरि खाए अनि उब्रेको टुक्राटाक्री जम्मा गर्दा १२ डाला भरिए।+
-